72Shares

पोखरा भ्यूज । डिस होम नेपाल कम्पनीले पोखरामा फाइबर इन्टरनेट सेवा शुभारम्भ गरेको छ।

सुरुवाती चरणमा पोखराका विभिन्न २५ ठाउबाट सेवा सुचारु गर्ने डिस होम नेपाल पोखराका डिलर एवं भट्टराई एण्ड ब्रदर्स सप्लायर्स प्रालिका संचालक अम्बिकामोहन भट्टराईले जानकारी दिए

कम्पनीले यो वर्षभित्र गण्डकी प्रदेशका कुनाकाप्चामा सेवा विस्तार गरिसक्ने योजनामा काम गरिरहेको जनाएका छन । कम्पनीले चाँडै नै स्याटेलाइट इन्टरनेटको काम सुरु गर्ने बताएको छ।

बुधवार पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले डिस होम नेपालको कार्यालय उद्घाटन गर्दै उपभोक्तालाई सस्तो सर्भसुलभ गुणस्तरीय इन्टनेट सेवा  प्रदान गर्न आग्रह गरे 

भट्टराई एण्ड ब्रदर्स सप्लायर्स प्रालिका अध्यक्ष अम्बिका मोहन भट्टराईले डिस होमफाइवर नेटको औचित्य बारे प्रकास पार्दै  नेपालमा इन्टरनेट क्रान्ती शुरु भयो सस्तो सर्भसुलभ गुणस्तरीय इन्टरनेट सेवा सहित प्रत्येक ग्राहकहरुलाई थप सेवा सुबिधा उपलब्ध गराउने बताए आजको दिनबाट नै जडान हुने सेवामा १० Mbps देखि ग्राहकको रोजाई अनुसार १०० Mbps सम्मको प्याकेज उपलब्ध रहेको

डिस होमका सेल्स मेनेजर प्रदिप सुबेदीले सहरी एरियाबाट सुरु गरेको डिस होम फ़ाईबर नेटले आफ्नो सेवालाइ ग्रामिण एरियाका ग्राहकलाई पनि छिट्टै सेवा उपलब्ध गराउने प्रतिबद्वता व्यक्त गर्दै ईन्टरनेटको समस्याले कुनैपनी नागरिक बन्चित हुनु नपर्ने जनाउ दिए

डिस होम कम्पनीको पोखरा डिलर भट्टराई एण्ड ब्रदर्स प्रालीले गण्डकी तथा धवलागिरी क्षेत्रमा लामो समयदेख़ि विभिन्न उच्चस्तरिय ब्राण्ड्का इलेक्ट्रोनिक एलेक्ट्रोनिक्स तथा अटोमोबाइल्सका सामानहरुको बिक्रीवितरण गर्दै आएको

72Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected