२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबरखेलकुदमुख्य खबरस्थानिय समाचार

घरेलु टोली क्यासल शिर्षस्थानमा कायमै

पोखरा भ्यूज,१३ असोज,
पोखरा रंगशालामा जारी राष्ट्रिय ए डिभिजन फुटसल प्रतियोगितामा घरेलुटोली स्पोट्र्स क्यासल शिर्षस्थानमा कायमै रहेको छ ।
बुधवार बहुउदेश्यीय कभर्डहल (फुटसल कोर्ट) मा सम्पन्न खेलमा तालिकाको पुछारमा रहेको झरना स्पोट्र्स क्लबलाई ५–१ गोल अन्तरले हराउँदै शिर्षस्थानमा यथावत रहन सफल भएको हो । क्यासलको जितमा खिमराज गुरुङले दुई तथा विजय गुरुङ, विशोन गुरुङ र किशोर गुरुङले समान एक÷एक गोल गरे । क्यासलले खेलका पाँचौ मिनेटमै अग्रता लियो । विजय गुरुङले क्यासललाई अग्रता दिलाए । यस्तै १४ औं मिनेटमा खिमराजले गोल गरे । १५ औँ मिनेटमा विशोन गुरुङले गोल गर्दै अग्रता तेब्बर पारे । किशोर गुरुङले खेलको १६ औं मिनेटमा तथा खिमराजले १८ औं मिनेटमा गोल गरे । क्यासलले दोस्रो हाफमा भने कुनैपनि गोल गर्न सकेन् । झरनाका लागि नारायण थापा मगरले २९ औं मिनेटमा गोल गरे । कुल ६ खेल खेलेको क्यासलको १६ अंक रहेको छ भने समान खेल खेलको झरना अंक विहिन छ ।

बुधवार सम्पन्न पहिलो खेलमा शंखमुल फुटसलले लुम्बिनी फुटसललाई ३–२ गोलले हराउँदै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शंखमुलको ६ खेलबाट १४ अंक रहेको छ । शंखमुलले खेलको सुरुवातदेखिनै लुम्बिनीलाई दबाबमा राख्यो । शंखमुलको जितमा विवेक पण्डितले ८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । त्यसको १ मिनेटमा लुम्बिनीका लागि रुपेन बराइलीले बराबरी गोल फर्काए । १३ औं मिनेटमा पुन शंखमुलले अग्रता लियो । क्रिजल खड्काले गोल गर्दै पुनः अग्रता दिलाए । ३० औं मिनेटमा सागर तेन्जेले अग्रता तेब्बर पारे । खेलमो ४० औँ मिनेटमा लुम्बिनीका रेफी महर्जनले गोल गरेपनि जितका लागि समय पर्याप्त रहन भने सकेन् । लुम्बिनीको ६ खेलबाट ४ अंक रहेको छ ।
बुधबारको अन्तिम खेलमा मछिन्द्र स्काइ गोल्सले प्रभातफेरी युथ क्लबलाई ४–३ गोलले हराउँदै तालिकाको छैटौँ स्थानमा यथावत रहेको छ । प्रभातफेरी तालिकाको ८ औं स्थानमा रहेको छ । यस्तै ढुकु फुटसल हब ७ औं स्थानमा रहेको छ भने लुम्बिनी फुटसल नवौँ स्थानमा रहेको छ ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…