45Shares

पोखरा भ्यूज

पोखरा । आगलागीबाट क्षतिग्रस्त कास्कीको अन्नपूर्ण गाउँपालिका१०, घान्द्रुक फुलिबाङ निबासी गोकुल नेपालीको परिवारलाई लायन्सबाट राहत प्रदान गरिएको

यहि फागुन २६ गते आगलागीबाट घर पूर्णरूपमा क्षति भएकोले पिडित परिवारलाई लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ नेपालको तर्फबाट आवश्यक जस्तापाता वितरण गरिएको कार्यक्रमका संयोजक लायन्स डिष्ट्रिक्ट ३२५ बि१ नेपालका पूर्व डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले जानकारी दिए उनका अनुसार १८ पाता जस्ता, प्लेनसिट, छाप्री काँटी तथा ढुवानी सुबिधा सहित अग्नि पिडितलाई राहत उपलब्ध गराईएको

गत बर्ष लायन्स डिष्ट्रिक्टका को चिफ एडभाइजर मोहनबाबु खड्काको संयोजनमा गण्डकी एरियाबाट कोविड नियन्त्रणार्थ लायन्स मार्फ़त संकलित रकमको बचत रकमबाट सो सामग्री खरिद गरी पिडितलाई उपलब्ध गराईएको हो

पोखरा सृजनाचोक स्थित हार्डवयर एण्ड पेन्टसमा आयोजित राहत वितरण कार्यक्रममा डिष्ट्रिक्ट ३२५ बि१ नेपालका डिष्ट्रिक्ट गभर्नर बिशेश्वर आचार्य, पिएमसीसी दीपक श्रेष्ठ, पूर्व गभर्नर धनराज आचार्य, को चिफएडभाइजर मोहनबाबु खड्का, लायन्सका डिष्ट्रिक्टका लिड़र शैलेन्द्र मोहन भट्टराई, प्रेम बहादुर जिसि, ऋषिगिरी, अग्नि पिडित परिवारसँग समन्वय गर्नुहुने समाजसेवी होम नेपाली तथा स्थानीय सहयोगी चक्र बि  को सहभागितामा रहेको थियो

45Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected