176Shares

पोखरा १५, आश्विन । पोखरा महानगरपालिका वडा नं. १६ बस्ने २६ वर्षिय युवा विशाल थापा चारदिन देखि पारिवारिक सम्पर्कमा नरहेको भन्दै आफन्तले खोजी गरिदिन अपील गरेका छन् । थापा यही आश्विन ११ गते बिहानै घरबाट निस्केकोमा हालसम्म पनि सम्कर्पमा नआएको उनका बुवा बलबहादुर थापाले बतााए । ‘इष्टमित्र र आफन्तकोमा समेत नगएको पाइएपछि प्रहरीमा समेत खोजतलास गरी पाउन निवेदन दिएका छौं,’ विशालका बुवा बलाबहादुरले भने–‘तर अहिलेसम्म कुनै खबर पाउन सकिएन । तथापि हामी निरन्तर उनको खोजी र प्रतिक्षामा बसेका छौं ।’

विशाल केही समयअघि कोभिड–१९ को संक्रमणमा परेका थिए । कोभिड निको भए पनि कमजोरीका कारण घरमै आराम गर्ने र सामान्य खेल खेल्ने उनको दैनिकी थियो । तर आश्विन ११ गते बिहानैदेखि घरमा नभेटिएका विशाल हालसम्म पनि सम्पर्कमा आएका छैनन् । सोही दिन अमेरिकाको लामो बसाइँपछि उनका दाजू विकास थापा घर आउँदै थिए । तर भाई विशाल घरबाटै सम्पर्कविहीन भएपछि थापा परिवारले खुशी साट्न पाएको छैन । हाल उनले प्रयोग गर्ने मोवाइल पनि अफ छ ।उनले आफ्नो बैंक खातामा रहेको केही रकम पनि झिकेको पारिवारिक स्रोतले बताएको छ । यद्यपि अहलिेसम्म विशाल कहाँ छन् भन्ने कुरा केही पनि पत्ता लाग्न सकेको छैन ।

उनले प्रयोग गर्ने ई–सेवाको अकाउन्टमा उनको खाताबाट रु. एक हजार रुपियाँ ट्रान्सफर भएको र आफूले लिएको नयाँ नम्बरमा रु. एक सय रुपियाँ ब्यालेन्स समेत ट्रान्सफर भएको पाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । थापा परिवारले विशालको खोजी गरिदिन प्रहरी, नागरिक समाज र पत्रकारसँग अनुरोध गरेको छ ।

176Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected