463Shares

न्यूनतम आवश्यकताको अभावमा विद्यालय जानबाट वञ्चित बालबालिकाको सहारा बनेको छ ‘बाबा फाउण्डेशन नेपाल’।

फाउण्डेशनले विभिन्न जिल्लामा न्यूनतम आवश्यकताको अभावमा विद्यालय जानबाट वञ्चित बालबालिकालाई विद्यालय पुग्ने वातावरण तयार गर्नुका साथै बाल अधिकार संरक्षण र प्रवर्धन तथा वातावरण संरक्षणमा समर्पित हुँदै विभिन्न कार्यक्रम समेत गरिरहेको छ।

मुनाफारहित संस्थाको रुपमा रहेको यो संस्था पोखराका युवा व्यवसायी दीलीपराज श्रेष्ठको सक्रियतामा २०६५ सालमा फाउण्डेशन स्थापित भएको हो ।

बाल अधिकार संरक्षण र प्रवर्धन तथा वातावरण संरक्षण एवं सामाजिक विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विषयलाई ध्यानमा राखि बालबालिका र वातावरणलाई नै कार्यक्षेत्र बनाएर फाउण्डेशन अघि बढेको हो ।

नेपाली मन, नेपाली पन र नेपाली धन भन्ने नाराका साथ स्थानीय स्रोत र साधनको अधिकतम परिचालन गरी फ़ाउण्डेशनले सामाजिक सेवा गर्दै आएको छ ।

यसले स्थानीय दाताको वार्षिक सहायता र अन्य स्थानीय स्रोतहरूको परिचालनबाट कास्की लगायत आसपासका जिल्ला र आवश्यकताको आधारमा नेपालका जुनसुकै जिल्लामा पनि आफ्नो सेवा गर्दै आएको फाउण्डेशनका अध्यक्ष दिलीपराज श्रेष्ठले बताए ।
कोरोना-१९ अघिसम्म संस्थाका लागि रु ५ हजारदेखि ५ लाखसम्म सहयोग प्राप्त भैरहेकोमा हाल उक्त सहयोग रकम जुट्न सकेको छैन ।

विगतका वर्षमा फाउण्डेशनले बालबालिकाको शैक्षिक विकासमा विभिन्न अभियान पनि सञ्चालन गरेको थियो । जस अन्तर्गत लोगो अकिंत टि(शर्ट, डस्विन, वातावरण मैत्री झोला बिक्रि वितरण गर्दै आएको थियो । त्यस वापत आएको मुनाफा बालबालिकाको शिक्षामा नै परिचालन गरिन्थ्यो । सन् २०१९ पछि विश्वभर फैलिरहेको कोरोना माहामारीको कारण हाल ती सबै कार्यक्रम स्थगित हुन पुगेको अध्यक्ष श्रेष्ठको भनाई छ ।
फाउण्डेशनले शैक्षिक सहायता अभियानसँगै वातावरण र साक्षरता अभियान समेत सञ्चालन गरेको छ । साक्षरता अभियान अन्र्तगत निरक्षरता उन्मूलन अभियान सञ्चालन गरिरहेको छ ।अभियान मार्फत् निरक्षर नागरिकलाई साक्षर बनाउने लक्ष्य छ ।

फाउण्डेशनले बाल अधिकार संरक्षण र प्रवद्र्धन तथा वातावरण संरक्षणमा समाचार प्रकाशन, प्रशारण तथा समाचार सम्प्रेषण गर्ने सञ्चार माध्यम वा संचारकर्मीलाई प्रत्येक वर्ष पुरस्कृत गर्ने परम्परा पनि स्थापित गरेको छ ।
बालबालिकाको क्षेत्रमा मात्र सिमित नभई वातावरण संरक्षणमा पनि उत्तिकै क्रियाशिल संस्थाले पोखरालाई सुन्दर र हराभरा बनाउन वृक्षारोपण र फोहर व्यवस्थापनमा डस्विन वितरण गर्दै आएको सचिव टंकराज अधिकारी बताउँछन् ।
“बालबालिका, वातावरण, शिक्षा र सचेतना आदिमा फाउन्डेशन निरन्तर क्रियाशिल छ”, अधिकारीले भने, “हामी विपन्न बालबालिकाको सारथि र समाजिक क्षेत्रमा निरन्तर सेवा समर्पित हुँदै आएका छौं ।”

463Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected