२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
खबर

नेकपा एमाले अन्नपूर्ण गाउँपालिकाको वड़ा अधिवेशन सर्वसम्मत

पोखरा, ६ कार्तिक

पोखरा भ्यूज । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को शनिबार सम्पन्न स्थानीय अधिवेशनमा अन्नपूर्ण गाउँपालिका कास्कीका ११ वड़ामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

सर्वसम्मत निर्वाचित हुनेहरूमा अन्नपूर्ण गाउँपालिका वडा नं १ को अध्यक्षमा छविलाल दाहाल, २ को अध्यक्षमा नारायणप्रसाद भण्डारी, ३को अध्यक्षमा महेश्वर पौडेल, ४ को अध्यक्षमा कृष्णबहादुर केसी, ५ को अध्यक्षमा लालबहादुर केसी रहेका छन ।यसैगरी, वड़ा नं ६ मा एकदेव देवकोटा, ७ मा दुर्गाबहादुर क्षेत्री, ८ मा टंकराज सुवेदी, ९ मा पूर्ण राई, १० मा राजबहादुर गुरुङ र ११ को वडाध्यक्षमा गुञ्जमान्गुरुङ सर्वसम्मत निर्वाचित भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) अन्नपूर्ण गाउँपालिका कमिटीका सचिव विवेक देवकोटाले बताए ।

एमालेको विधानमा वडा कमिटीमा ५ पदाधिकारी व्यवस्था गरिए अनुरूप अध्यक्ष, उपाध्यक्ष, सचिव, २ उपसचिव रहनेछन पदाधिकारीसहित वडा कमिटी ३१ सदस्यीय समिति रहने देवकोटाले बताएका छन ।

अधिवेशनमा वडाका सबै पार्टी सदस्यता लिएकाले सर्वसम्मत वा मतदान गरेर नेतृत्व चुन्न पाउने अधिकार थियो । अधिवेशनले आगामी३ वर्षे कार्यकालका लागि नेतृत्व गरेको छ ।

Read more

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…

आज धनतेरस पर्व मनाइँदै, धन्वन्तरी, लक्ष्मी र कुबेरको पूजा आराधना गरिँदै

काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा भगवान् धन्वन्तरी, धनका देवता कुबेर तथा माता लक्ष्मीको विशेष पूजा आराधना…

करिब २ करोड लगानीमा अन्नपूर्णमा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन निर्माण

अन्नपूर्ण, कास्की । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को आर्थिक सहयोगमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा निर्माण गरिएको कृषि, पशुपन्छी तथा मत्स्य विकास सेवा केन्द्रको भवन उद्घाटन…

पोखरामा भित्रियो बीएआईसी र आर्कफक्स, अमरसिंह चोकमा नयाँ सोरुम उद्घाटन

३७ लाख ९६ हजारको विद्युतीय कारदेखि एक करोड २५ लाखको हाइब्रिड एसयूभीसम्म उपलब्ध, गण्डकीका ग्राहकले एउटै छानामुनि पाउनेछन् आधुनिक सवारीसाधन। पोखरा, कार्तिक १९ । अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्ड बीएआईसी…