8Shares

पोखरा भ्यूज

२४ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत चयन हुने प्रतिनिधिसभा सदस्यको नाम टुंगो लगाएको छ । १४ सदस्य चयन भएकामा दुई जना मात्र पुरुष चयन भएका छन् भन् १२ जना महिला रहेका छन् ।

पोखरा भ्यूजलाई प्राप्त जानकारी अनुसार आदिवासी जनजाति महिलातर्फ दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङ छनौटमा परेका छन् ।

त्यस्तै खस आर्यतर्फ हितराज पाण्डे पुरुष कलस्टर छनौटमा परेका छन् भने महिला कलस्टरबाट ज्ञानु बस्नेत , सुवेदी विमला सुवेदी, नारायणी शर्मा, रुपासोसी चौधरी (थारु) छन् भने दलित कलस्टरबाट रणेन्द्र बराली र सुशीला श्रीपाली ठकुरी छनौटमा रेका छन् ।

त्यस्तै मधेशीतर्फ मीना यादव र अमरावती देवी यादव तथा पिछडिएको क्षेत्रबाट कल्पना मिया छनौटमा परेकी छन् ।

8Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected