
पोखरा भ्यूज
६ पुस, काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको आव्हानमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक हुने भएको छ । उनले आफ्नै अध्यक्षतामा बस्ने गरी बिहीबार मिध्यान्न १३ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
बिहीबार दिउँसो एक बजे प्रतिनिधिसभा सदस्यहरुको शपथ भएकाले उक्त समयभन्दा पूर्व नै संघीय संसद सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक हुने छ । सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल (१२ दल) का नेताहरुलाई बोलाइएको संसद सचिवालयले बताएको छ । बैठकमा प्रत्येक दलबाट एक/एक जना र ५ स्वतन्त्र सांसदलाई सर्वदलीय बैठक भाग लिन बोलाइएको छ ।
बैठकमा शपथसम्बन्धी कार्यक्रमको ब्रिफिङ र सांसदले पाउने सेवा सुविधालगायत विषयमा महासचिव र कार्यव्यवस्था महाशाखाका अधिकारी सांसदहरुलाई जानकारी दिनेछन् ।














