२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
देश

प्रभू साहले खोले आम जनता पार्टी

पोखरा भ्यूज
काठमाडौँ — नेकपा एमाले परित्याग गरी स्वतन्त्रबाट चुनाव लडेका प्रभु साहले आम जनता पार्टी गठन गरेका छन् । उनको नेतृत्वमा ५१ सदस्यीय तदर्थ केन्द्रीय समितिगठन भएको स्रोतले बताएको छ ।

बिहीबार काठमाडौंमा साहको अध्यक्षतामा बसेको केन्द्रीय विस्तारित बैठकले आम जनता पार्टीको अन्तरिम विधान २०७९ु पारित समेत गरेको छ ।

बैठकले प्रदेश अध्यक्ष, सचिव र इन्चार्जसमेत तोकेको बैठकपछि विज्ञप्तिमार्फत जनाएका छन् । प्रदेश १ को इन्चार्जमा रामप्रित राम, अध्यक्षमा हरिप्रसाद पोखरेल, मधेस प्रदेशमा इन्चार्ज उपेन्द्र साह र अध्यक्षमा श्रीचन मुखिया, वाग्मती प्रदेशमा इन्चार्ज बद्रीप्रसाद न्यौपाने र अध्यक्षमा नाम्गेल मोक्तान, गण्डकी प्रदेश इन्चार्ज बद्रीप्रसाद न्यौपाने र अध्यक्षमा राजन यादवलाई जिम्मेवारी दिइएको छ ।

यस्तै लुम्बिनी प्रदेश इन्चार्जमा रितादेवी यादव, अध्यक्षमा परमानन्द बर्मा, कर्णाली प्रदेश इन्चार्ज उपेन्द्र साह र अध्यक्षमा सियाराम कुश्वाहा र सुदूरपश्चिम इन्चार्ज कुन्द्र कुश्वाहा र अध्यक्षको जिम्मेवारी केशव राय चौधरीलाई दिइएको छ ।

Read more

मुलुकी देवानी संहिता २०७४ को दफा २१४(२) खारेज: अर्को विवाह गर्ने विधवा महिलाले पूर्वपतिबाट प्राप्त सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौं । मुलुकी देवानी संहिता २०७४ को दफा २१४)२) खारेज गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार उक्त दफा खारेज गरिदिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासबाट…

निजामती कर्मचारीको ट्रेड युनियन खारेज

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल ले आइतबार ‘केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेसँगै निजामती कर्मचारीहरूको ट्रेड युनियन औपचारिक रूपमा खारेज गरिएको छ। संघीय मामिला तथा…

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

काठमाडौँ। राष्ट्रपति कार्यालयले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उक्त अध्यादेशमा पुनर्विचार आवश्यक देखिएकाले फिर्ता पठाएको राष्ट्रपति कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख गरिएको…

राष्ट्रपतिले जारी गरे सहकारी अध्यादेश

काठमाडौं।  राष्ट्रपति रामचन्द्र पौडेलले  एउटा अध्यादेश जारी गरेका छन्। सरकारले ६ वटा अध्यादेश स्वीकृति गर्न सिफारिस गरे पनि एउटा अध्यादेश जारी भएको हो। जसमध्ये सहकारी पहिलो संशोधन अध्यादेश…

विवाद चर्किएपछि गृहमन्त्री सुधन गुरुङको राजीनामा, मन्त्रालय प्रधानमन्त्रीकै मातहतमा

काठमाडौं — पछिल्लो समय गम्भीर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङले अन्ततः आफ्नो पदबाट राजीनामा दिएका छन्। विभिन्न आर्थिक अनियमितता र विवादित साझेदारीका आरोपबीच उनले बुधबार प्रधानमन्त्री बालेन शाह…

सदस्यता ‘खारेज’ विवादले कांग्रेसभित्र टकराव-लहडको निर्णय अस्वीकार्य-खड्का

काठमाडौं । नेपाली कांग्रेसभित्र चर्किएको आन्तरिक द्वन्द्व फेरि सतहमा आएको छ। संस्थापनइतर समूहले पार्टी सदस्यता कुनै नेताको व्यक्तिगत आवेग वा भाषणको भरमा खारेज गर्न नसकिने स्पष्ट सन्देश दिएको…