0Shares

एजेन्सी
काठमाडौँ — भारतको विदेश मन्त्रालयले नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न तयार रहेको बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले बिहीबार आयोजित कार्यक्रममा नेपालका नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बधाई दिइसकेको र दाहालले पनि मोदीलाई जवाफ दिइसकेको उल्लेख गर्दै उक्त जवाफमा दाहालले दुवै देशबीच गहिरो सम्बन्ध बनाउन चाहेको जानकारी दिए ।

वाग्चीले दाहाल नेतृत्वको सरकारसँग द्विपक्षीय सम्बन्ध बलियो बनाउने पक्षमा आफूहरू पनि रहेको बताए । ‘घनिष्ठ छिमेकी नेपालसँग द्विपक्षीय र अद्वितीय सम्बन्ध बढाउने कुरामा हामी कुनै कसर राख्दैनौं,’ उनले भने, ‘द्विपक्षीय सम्बन्ध बढाउन हामी प्रचण्डजीको सरकारसँग मिलेर काम गर्न तयार छौं ।’

दाहाल प्रधानमन्त्री भएलगत्तै शनिबार काठमाडौंस्थित भारतका राजदूत नवीन श्रीवास्तवले पहिलो विदेशी कूटनीतिज्ञको रुपमा बधाई दिइसकेका थिए । सोही दिन प्रधानमन्त्री मोदीले पनि ट्विटमार्फत दाहाललाई बधाई दिएका हुन् ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected