
पोखरा । ढिकुरपोखरी समाज पोखराको अध्यक्षमा सोमनाथ पौडेल निर्वाचित भएका छन् । समाजको शनिवार पोखरामा सम्पन्न १५औं साधारण सभा एवं सातौ अधिवेशनले पौडेललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । पौडेल यसअघि समाजको उपाध्यक्ष, सचिव र कार्यसमिति सदस्य रहेर काम गरेका थिए ।
समाजको उपाध्यक्षमा लक्ष्मी अधिकारी, सचिव लोकनाथ भण्डारी, सह–सचिव गणेश प्रसाद अधिकारी र कोषाध्यक्षमा कृष्ण प्रसाद दाहाल निर्वाचित भएका छन् ।
त्यस्तै, सदस्यहरूमा बिष्णुहरि भुगाई, कृष्णप्रसाद पौडेल, कृष्णप्रसाद अधिकारी, हरिराम भण्डारी, जगत पौडेल, सरस्वती दाहाल, दिवाकर पौडेल, खिमा भण्डारी र गंगादेवी पौडेल रहेका छन् । यसैगरी, न्यायिक समिति संयोजक ओमप्रसाद पौडेल, गायत्री अधिकारी, रमा बराल पौडेल रहेका छन् ।
समाजका पूर्व अध्यक्ष बिष्णुप्रसाद अधिकारी संयोजक, पूर्व अध्यक्ष आशबहादुर गुरूङ र समाजका सल्लाहकार गायत्री अधिकारी पराजुली रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।
निर्वाचित अध्यक्ष, पदाधिकारी एवं सदस्यहरूलाई समापन समारोहका प्रमुख अतिथि कास्की क्षेत्र नं. ३ प्रदेशसभा २ का प्रदेश सभा सदस्य प्रकास बराल, अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष बिष्णुबहादुर केसी, नेपाल सरकारका सह–सचिव बिनोद बहादुर कुँवर, निर्वाचन समितिका संयोजक र सदस्यहरूले प्रमाणपत्र वितरण गरेका थिए ।
यस अघि १५औं साधारण सभा एवं सातौ अधिवेशनको उद्घाटन गर्दै कास्की क्षेत्र नं. ३ प्रदेश सभा २ का प्रदेशसभा सदस्य प्रकास बरालले समाजको स्थापनाले आफ्नो जन्मभूमिप्रतिको भावनात्मक सम्बन्धलाई प्रगाढ़ बनाउने मात्र नभई एकआपसमा संगठित भई समाज सँगसगै आफ्नो गाउँको बिकासमा थप टेवा पुग्ने बिस्वास व्यक्त गरेका थिए । समाजका सचिव र कोषाध्यक्षको प्रतिबेदन प्रति प्रशंसा गर्दै समाजले सामाजिक क्षेत्रमा उल्लेख्य काम गरेकोमा धन्यवाद समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा बिशिष्ट अतिथि अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष बिष्णुबहादुर केसीले समाजको सुख दुःखमा गाउँपालिका साथमा रहेको जनाउँ दिएका थिए । समाजलाई आफूले विगतदेखि नै नियाली रहेको बताउदै थप रचनात्मक काममा लाग्न आग्रह गरेका थिए ।
समाजका अध्यक्ष बाबुराम भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष रामचन्द्र पौडेल, सल्लाहकार इन्द्रप्रसाद पौडेल, बिष्णुप्रसाद अधिकारी, गायत्री अधिकारी पराजुली, आशबहादुर गुरूङ, डा कृष्णप्रसाद भण्डारी, मनपति अधिकारी, समाजका उपाध्यक्ष सोमनाथ पौडेल, सचिव लक्ष्मी अधिकारी, कोषाध्यक्ष लोकनाथ भण्डारीले समाज स्थापनाको उद्देश्य र प्रत्यक्ष अप्रत्यक्ष रूपमा समाजमा पारेको प्रभावबारेमा आ–आफ्ना भनाई राखेका थिए ।
कार्यक्रममा कक्षा १२ उत्तीर्ण गरेका समाजमा आवद्व सदस्यका छोराछोरीलाई सम्मान पत्रद्वारा पुरस्कृत गरिएको थियो । सो अवसरमा समाजका सल्लाहकारहरू इन्द्रप्रसाद पौडेल, गायत्री अधिकारी पराजुली, ड़ा कृष्णप्रसाद भण्डारी, मनपति भण्डारी, मनपति अधिकारी लगाएतलाई दोशल्ला र सम्मानपत्रले अभिनंदन गरिएको थियो ।





























