२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

विपी स्मृति पुस्तकालय गण्डकी प्रदेश विधिवत दर्ता, अध्यक्षमा बास्तोला

पोखरा । विपी स्मृति पुस्तकालय, गण्डकी प्रदेश आजदेखि विधिवत दर्ता भएको छ ।संस्था दर्ता ऐन २०३४ को दफा ४ बमोजिम जिल्ला प्रशासन कार्यालय कास्कीमा संस्था दर्ता गरिएको हो ।
संस्था दर्ताको प्रमाणपत्र कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले नेपाली कांग्रेस गण्डकी प्रदेशका पार्टी सभापति एवम् पुस्तकालयका संरक्षक शुक्रराज शर्मा, महामन्त्री एवम् संरक्षक विष्णुप्रसाद लामिछाने लगायतको उपस्थितिमा पुस्तकालयका अध्यक्ष एवम् नेपाली काँग्रेस गण्डकीका प्रवक्ता माधवप्रसाद बास्तोला ‘मधु’लाई हस्तान्तरण गर्नुभयो ।
वी.पी.का राजनीतिक एवम् साहित्यिक दस्तावेजसँगै विभिन्न खोज तथा अनुसन्धानात्मक कृतिको संग्रहसँगै प्रदेशकै एउटा अध्ययनको केन्द्रका रूपमा पुस्तकालय सञ्चालन गर्ने लक्ष्य लिइएको पुस्तकालयका संरक्षक एवम् नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिनुभयो । “पुस्तकालय विपीका सम्बन्धमा शोध तथा अनुसन्धान गर्नेका लागि पनि महत्वपूर्ण गन्तव्य हुनसक्छ”, उहाँले भन्नुभयो ।
पुस्तकालयसँगै नेपाली काँग्रेस गण्डकी प्रदेशले स्थापनाको लक्ष्य लिइएको ५० लाख रूपैयाँको अक्षयकोषबाट गण्डकी प्रदेशमा प्रजातन्त्रका लागि विशिष्ट योगदान गर्ने ११ वटै जिल्लाका ११ जनालाई वार्षिक रूपमा २५ हजार रूपैयाँ नगद सहित सम्मान गर्ने लक्ष्य लिइएको नेपाली काँग्रेस गण्डकी प्रदेश समितिका सदस्य एवम् पुस्तकालयका कोषाध्यक्ष शिरोमणि बरालले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको अगुवाईमा नेपाली कांग्रेस गण्डकी प्रदेशका पदाधिकारीहरू संरक्षक रहने गरि स्थापित पुस्तकालयको तदर्थ समितिको अध्यक्षमा माधव प्रसाद बास्तोला, प्रा.डा. कुसुमाकर न्यौपाने उपाध्यक्ष, सूर्यबहादुर क्षेत्री सचिव, शिरोमणि बराल कोषाध्यक्ष, कविता तिवारी सहसचिव र सदस्यहरूमा कमल सापकोटा, दीपेन्द्र पराजुली, डा. रघुराज काफ्ले, शोभा अधिकारी, शकुन्तला शर्मा, रमेश अधिकारी, अरूण राज पौडेल, पदमबन्धु पोखरेल, दिपक रेग्मी र पदम श्रेष्ठ रहेका छन् ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…