२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
स्थानिय समाचार

रञ्जित गाउँमा माघे संक्रान्ति मेला हुँदै

पोखरा । पोखरा महानगरपालिका १६ रञ्जित गाउँमा ६६ औं माघे संक्रान्ति मेला हुने भएको छ । रिंजे नासाले परिचित गाउँमा नौधारे सिद्ध बराह युवा क्लबको आयोजनामा पुस २८ गतेदेखि माघ १ सम्म मेला आयोजना गर्न लागिएको क्लबका अध्यक्ष शम्शेर गुरुङले जानकारी दिए ।

मेलामा भलिबलसहित अन्य खेल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम गरिने उनले जानकारी दिए । रिंजे नासामा गाउँमा २०१३ सालदेखि माघे संक्रान्ति मेला आयोजना गरिएकाले यसको निरन्तरता दिएको अध्यक्ष गुरुङले जानकारी दिए । ‘२०१३ सालदेखि नै यहाँ माघे संक्रान्तिको दिन नौ धारामा स्नान गरी तरुल र मासको टिका लगाई आर्शिवाद लिने साथै कन्यहरुलाई सोहि टिका लगाई आर्शिवाद दिने चलनको थियो,’ उनले भने, ‘त्यसपछि ठेलो मात्र हानिन्थ्यो भने केही वर्षदेखि हामीले केही परिमार्जन गरेर मेला आयोजना गरिरहेका छौं ।’
साविक अर्मला गाविस ५ हाल पोखरा १६ स्थित यस रञ्जित गाउँ महेन्द्र गुफाबाट करिब ५ किलो मिटरको दुरीमा छ । पहिले गाउँमा ४० घरधुरी रहेकोमा आधुनिकतासँगै बसाईसराईले गर्दा गाउँ रित्तो हुन थालेपछि गाउँमा अध्यक्ष गुरुङको पहलमा विभिन्न कार्यक्रम गरिंदै आएको छ । त्यही अनुरुप गाउँको मेलालाई आधुनिकतासँगै परिमार्जित गरि गाउँ चिनाउन लागिपरेको उनले जानकारी दिए ।
बसाईसराई रोकी युवा जनशक्तिलाई गाउँमै रोजगार दिलाउने उदेश्यले केही कृषि फर्महरु दर्ता गरी हामे स्टे समेत सञ्चालन गरी आईरहेको उनले बताए । गाउँ नजिकै रहेका नौ धारे सिद्ध बराह मन्दिरमा टाढा टाढाबाट पनि भक्तजनहरु जाने भएको हुँदा दर्शनाथीहरुको भिड लाग्ने उनको भनाई थियो । रञ्जित गाउँदेखि उत्तर तिर पर्ने मुलकोट भुमी पाँक डाँडा, नागी डाँडा जस्ता सुन्दर ठाउँमा रमाउन सकिने क्लबको उपाध्यक्ष चन्द्रबहादुर तामाङले जानकारी दिए । यहाँको प्राकृतिक सुन्दरतासँगै नौ धारे सिद्ध बराह मन्दिरलाई धर्मिक पर्यटकीय स्थलका रुपमा विकास निर्माण गर्न मेलाले सहयोग पुग्ने उपाध्यक्ष तामाङले बताए ।

Read more

अन्नपूर्ण गाउँपालिकाको ऐतिहासिक घोषणा: स्वास्थ्य बीमाको प्रिमियम शतप्रतिशत व्यहोर्ने, सबै नागरिकलाई बीमाको दायरामा ल्याइने

पोखरा, असार ७ — कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै नागरिकको स्वास्थ्य बीमाको प्रिमियम रकम शतप्रतिशत व्यहोर्ने महत्वाकांक्षी घोषणा गरेको…

सुशासनमा उदाहरण बन्दै अन्नपूर्ण गाउँपालिका, बेरुजु दर केवल ०.०१३० प्रतिशत

अन्नपुर्ण, कास्की। कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका सुशासन, पारदर्शिता र वित्तीय अनुशासनको क्षेत्रमा देशमै उदाहरणीय स्थानीय तहका रूपमा स्थापित भएको छ। महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३ औँ वार्षिक प्रतिवेदन–२०८३…

पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसमा रक्तदानदेखि शैक्षिक सम्मानसम्म विविध कार्यक्रम

पोखरा, २ पुस । पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ८० युनिट रगत सङ्कलन गरिएको छ । स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै महानगरपालिकाले रक्तदान…

अन्नपूर्ण गाउँपालिका कास्कीमा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ सम्पन्न

अन्नपूर्ण गाउँपालिका, कास्की। “सबैका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ अन्नपूर्ण गाउँपालिका कास्कीले आयोजना गरेको छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ शुक्रबार औपचारिक…

माघ १४ देखि वालिङ महोत्सव : व्यापार, कृषि, पर्यटन र संस्कृतिको भव्य संगम

स्याङ्जा | स्याङ्जाको मध्यभागमा रहेको वालिङ शहर आगामी माघ १४ देखि २५ गतेसम्म नवौं वालिङ महोत्सव २०८२ मनाउन तयार हुँदैछ। दुई–दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको यस महोत्सवले…

काँडे, भदौरे–सल्यान सडक खण्डमा बृहत् सरसफाई कार्यक्रम सम्पन्न

अन्नपुर्ण, कास्की । अन्नपुर्ण गाउँपालिका कास्कीको काँडे, भदौरे र सल्यानलाई जोड्ने महत्वपूर्ण सडक खण्डमा आज बृहत् सरसफाई तथा श्रमदान कार्यक्रम सम्पन्न गरिएको छ। स्थानीयवासीको सक्रिय पहलमा गरिएको कार्यक्रममा…