
पोखरा भ्यूज
६ माघ, काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधिसभा उपसभामुचयनको चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु गरेको छ ।
संघीय संसद सचिवालयका अनुसार निर्वाचन प्रक्रियाअन्तर्गत आज उपसभामुखका लागि मनोनयन दर्ताको कार्यतालिका रहेको छ । यसअघि बिहीबार मात्रै सभामुख चयन गरिएको थियो ।
मनोनयन दर्ताको दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तय गरिएको छ । उम्मेदवारको नामावली भने शनिबार प्रकाशन गरिनेछ । मतदानका लागि दिउँसो १ बजे संसद बैठक बोलाइएको छ ।
सभामुखमा गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भइसकेका छन् भने उपसभामुख भने राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको छ । गठबन्धनले रास्वपाकी सोविता गौतमलाई उम्मेदवार बनाउने तयारी गरेको छ । यद्यपि कांग्रेसले पनि उम्मेदवारी दिने तयारी गरे पनि उमेद्वारको भने टुंगो लागेको छैन ।











