२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
विदेश

सिटबेल्ट नबाँध्ने बेलायती प्रधानमन्त्रीले तिरे जरिवाना

एजेन्सी
७ माघ, लण्डन । सिटबेल्ट नबाँधेको आरोपमा बेलायती प्रधानमन्त्री ऋषि सुनकले जरिवाना तिरेको समाचार छ । उनलाई प्रहरीले सिटबेल्ट नबाँधेको आरोपमा जरिवाना गरेको हो । गुडिरहेको कारमा सामाजिक सञ्जालका लागि भिडियो बनाउँदै गर्दा प्रधानमन्त्री सुनकले सिटबेल्ट नबाँधेको भन्दै प्रहरीले जरिवाना गरेको समाचार स्रोतले बताएको छ ।

सुनक सरकारमा रहेकै बेला दोस्रो पटक जरिवानामा परेका हुन् । यसअघि तत्कालीन प्रधानमन्त्री बोरिस जोनसनसँगै कोरोना नियन्त्रणका लागि लागू लकडाउनको नियम तोडेको आरोपमा उनलाई जरिवाना गरिएको थियो । सन् २०२० मा जोनसन र उनकी पत्नीमाथि जन्मदिनको पार्टी आयोजना गरेको आरोप लागेको थियो ।

प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिट ले प्रधानमन्त्री सुनकले सानो भिडियो बनाउनका लागि सिटबेल्ट खोलेको बताएको छ । प्रधानमन्त्री कार्यालयबाट जारी वक्तव्यमा भनिएको छ, ुप्रधानमन्त्रीले आफ्नो गल्ती स्वीकार गर्नु भएको छ । यसका लागि उहाँले माफीसमेत माग्नु भएको छ । उहाँ यो मान्नुहुन्छ कि सबैले सिटबेल्ट लगाउनुपर्छ ।

बेलायतमा कारमा सिटबेल्ट नलगाएमा १०० पाउन्ड जरिवाना तिर्नुपर्छ । यदि कसैले जरिवाना तिर्न नमानेमा वा मुद्दा अदालतसम्म पुगेमा भने उक्त जरिवाना ५०० पाउन्डसम्म तिर्नुपर्नेछ । भिडियो बनाउनेबेला प्रधानमन्त्री सुनक उत्तरी इंग्ल्यान्ड भ्रमणका क्रममा ल्यांकाशर पुगेका थिए । भिडियोमा प्रधानमन्त्री सुनक अर्थव्यवस्था सुधारका लागि स्थानीय स्तरमा लगानी बढाउँदै नयाँ रोजगारी सिर्जनामा लागेको बताएका छन् ।

 

Read more

हङकङमा हुने १०८औँ लायन्स अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तीव्र

पोखरा भ्यूज । विश्वभरका लायन्स तथा लियो सदस्यहरूको सहभागितामा आयोजना हुने १०८औँ लायन्स अन्तर्राष्ट्रिय सम्मेलन सन् २०२६ जुलाई ३ देखि ७ तारिखसम्म चीनको हंगकंगमा आयोजना हुने भएको छ।…

“लायन्स अन्तर्राष्ट्रिय पिस एसे”को ग्राण्ड प्राइज ब्राजिली दृष्टिविहीन किशोरी एड्रियेन मिरेली दा सिल्भालाई

पोखरा भ्यूज। “शान्ति आँखाबाट होइन, पूर्वाग्रहविहीन मनबाट सुरु हुन्छ।” यही गहिरो मानवीय सन्देशमार्फत १३ वर्षीया ब्राजिली छात्रा एड्रियेन मिरेली दा सिल्भाले २०२५–२०२६ को “लायन्स अन्तर्राष्ट्रिय पिस एसे” प्रतियोगिताको…

इरान–अमेरिका–इजरायल द्वन्द्व चर्किँदै, खामेनीको मृत्युबारे परस्पर विरोधी दाबी

काठमाडौँ। मध्यपूर्वमा असाधारण र विस्फोटक परिस्थिति उत्पन्न गर्दै संयुक्त राज्य अमेरिका र इजरायल ले शनिबार इरान विरुद्ध संयुक्त सैन्य आक्रमण सुरु गरेपछि क्षेत्रीय तनाव चरम बिन्दुमा पुगेको छ।…

राष्ट्रपति पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन कतार प्रस्थान

काठमाडौं, कात्तिक १८।राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको छ। उहाँ कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा दोहामा…

नेपालमा स्थिरता आए युएईको भिसा सहज बन्नेछ: राजदूत तेजबहादुर क्षेत्री

क्षितिज विक्रम खनाल, अबुधाबी (युएई) । संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले हाल युएईमा नेपाली नागरिकका लागि कडाइ गरिएको भिसा नीतिको कारण नेपालमा उत्पन्न राजनीतिक अस्थिरता…

हिमालय एअरलाइन्स्‌ले पोखरालाई ल्हासासँग जोड्न हप्तामा एक उडान गर्दै

काठमाडौँ, नेपाल–हिमालय एअरलाइन्स्‌ले नेपालको पर्यटकीय राजधानी पोखरा र विश्व प्रसिद्ध ‘रुफ अफ द वर्ल्ड’ ल्हासाबीच आफ्नो नयाँ साप्ताहिक उडान सुरु गर्दै क्षेत्रीय सञ्जाल बिस्तार गर्ने तयारी गरेको छ…