
पोखरा भ्यूज
११ माघ, काठमाडौँ । आत्मदाहको प्रयासपछि मृत्युवरण गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा सरकारले छानविन गर्ने भएको छ ।
वुधबार बसेको मन्त्रिपरिषद् बठैकले मंगलबार सिंहदरबार अगाडि सडकमा आत्मदाह प्रयास गरी घाइते भएका र उपचारका क्रममा मृत्यु भएका आचार्यको विषयमा छानविन गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को बैठकले उक्त घटनाको छानविन गर्न गृहमन्त्रालयलाई जिम्मेवारी दिएको छ । घटनाबारे यथाशीघ्र प्रतिवेदन तयार पार्न र उनले सामाजिक सञ्जाल फेसबुकमा उठाएका विषय तथा आत्मदाह प्रयासको कारण समेत पत्ता लगाउन गृह मन्त्रालयलाई जिम्मेवारी दिएको हो । साथै आचार्यको परिवारलाई राहतलगायत विषयमा पनि निर्णय गर्ने जिम्मेवारी मन्त्रिपरिषद्ले गृह मन्त्रालयलाई दिएको ती मन्त्रीले जानकारी दिए ।
यसअघि आचार्यले आफनो फेसबुक पोष्टमा आफूले आत्मदाह गर्नुको कारणबारे पोष्टिएर सिंहदरबार अघि आफ्नो शरीरमा पेटेल छर्केर आगो लगाएका थिए । प्रहरीले उनको शरीरमा लागेको आगो नियन्त्रणमा लिई तत्काल उनको उपचारका लागि अस्पताल लगेकोमा बुधबार विहान उनको मुत्यु भएको हो ।











