
१५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । आइतबार साँझ रवि बालुवाटार पुगेका प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ ।
आइतबार नै नेपाली नागरिकताको प्रमाणपत्र लिएका लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः मनोनित भएका थिए । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेका कारण उनको सासंद बन्ने योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा परेको रिट निवेदनमा फैसला हुँदा लामिछानेलाई दोषी ठहर गरी उनको सासंद पद खारेज भएको थियो ।
रास्वपाले गृह मन्त्रालयमा आफ्नो दाबी कायम रहेको बताएको छ । सोही सन्दर्भमा प्रधानमन्त्रीसँग छलफल भएको बताइएको छ ।











