
पोखरा भ्यूज
२४ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । पार्टीको बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विहीबार हुने राष्ट्रपति निर्वाचनमा मतदानमा सहभागी नहुने निर्णय गरेको हो । ।
राष्ट्रपति निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार बनेका छन् । राष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेशसभा सदस्यहरुले मतदान गर्ने छन् ।
राप्रपाका १४ जना संघीय सांसद र २८ जना प्रदेशसभा सदस्य छन् । यद्यपि राष्ट्रपति निर्वाचनमामा दलीय ह्वीप नलाग्ने संवैधानिक व्यवस्था छ । पार्टी कार्यालय, धुम्बाराहीमा बसेको बैठकमा बोल्ने कार्यसम्पादन समितिका अधिकांश सदस्यले तटस्थ बस्नुपर्ने धारणा राखेका थिए । पार्टीले संवैधानिक राजसंस्थाको मुद्दा उठाएकाले राष्ट्रपति निर्वाचनमा भाग लिन नहुने उनीहरुको तर्क थियो ।











