२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
स्थानिय समाचार

रुपाताल छेउमा सिस्टेनी मेला

पोखरा । रुपातालको प्रचारप्रसार गर्न शान्तिरुपा बराहथोक तमु युवा परिवारले पोखराको रुपाताल छेउमा ‘सिस्टेनी मेला’आयोजना गर्ने भएको छ । रुपाताल खोलाको छेउमा परापूर्व कालदेखी लाग्दै आएको पूरानो सिस्टेनी मेलालाई निरन्तरता दिँदै परिवारले चैत १५ गतेदेखि १७ गतेसम्म मेला आयोजना गर्ने भएको छ ।
मेलाबारे जानकारी दिन बुधबार पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा शान्ति रुपमा तमु समाजका निवर्तमा अध्यक्ष सुवेदार तुलबहादुर गुरुङले परापूर्व कालदेखी लाग्दै आएको मेलालाई ब्यूँताउन सानो प्रयास स्वरुप मेला सुरु गर्न लागिएको बताए ।
‘रुपाताल छेउमा पहिले चैते दशैको अवसरमा दुई दिने ठूलो मेला लाग्थ्यो । जसलाई सिस्टेनी मेला भनिन्थ्यो । हजारौंको सहभागीता हुने उक्त मेलामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि हुन्थे’ अध्यक्ष गुरुङ भने,‘जहाँ स्थानीयस्तरमा उत्पादन भएका माटोको भाँडा, कुटो कोदालो, फाली, चोयाबाट बन्ने नाङ्लो, डोको लगायतका सामाग्री किन्ने गतिलो अवसर यहि मेला थियो । त्यही अवसर सिर्जना गर्न मेला गर्न लागेका हौं ।’
मेलाकै अवसरमा साविक वडा स्तरीय दोस्रो पुरुष भलिबल प्रतियोगिता, छेलो प्रतियोगिता,भाले प्रतियोगिता, रस्साकस्सी प्रतियोगिताहुने शान्ति बराहथोक तमु युवा परिवारका सल्लाहकार चन्द्र गुरुङले जानकारी दिए । प्रतियोगितामा कास्की, लमजुङ, पर्वत, तनहुँ, स्याङजालगायतका जिल्लाबाट २० टिम सहभागी हुने अनुमान रहेको उनले जनाए ।
भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई ६० हजार रुपैयाँ, उपविजेताले पुरस्कार स्वरुप ३० हजार रुपैयाँ, तृतीय पुरस्कार १५ हजार, अनुसासति टिमलाई पाँचहजार रुपैंयाँ पुरस्कार, प्रमाणपत्र, मेडल र ट्रफी पाउनेछन् । यसैगरी उत्कृष्ट खेलाडी, बेस्ट सटर, बेस्ट लिफ्टर, बेस्ट ब्लकर, बेस्ट डफेन्डर र बेस्ट सिर्विस गर्नेलाई ट्रफि र जर्सी पुरस्कार दिइने परिवारका अध्यक्ष फसेल बहादुर गुरुङले बताए  । भलिबल टिम दर्ता मिति १०७९ चैत १४ देखि १५ गते दुई बजे सम्म गरि सक्नुपर्नेछ । साथै टिम दर्ता शुल्क पाँच हजार रुपैंया लाग्नेछ । छेलो प्रतियोगितामा प्रथम पुरस्कार पाँच हजार रहेको छ भने दर्ता शुल्क २ सय ५० रुपैंयाँ लाग्नेछ । भाले प्रतियोगितामा प्रथम पुरस्कार भाले रहेको छ भने दर्ता शुल्क एक सय राखिएको छ । यस्तै रस्साकस्सी प्रतियोगितामा प्रथमले पाँच हजार रुपैंयाँ र प्रमाणपत्र पुरस्कार पाउँनेछ । जसका लागि दर्ता शुल्क २ सय ५० रुपैंयाँ लाग्नेछ भने टिममा ५ जना महिलासहित १२ जना हुनुपर्नेछ ।
मेला सम्पन्न गर्नको लागि ३ लाख ९९ हजार रुपैंयाँ खर्च हुने र २ लाख २५ हजार रुपैंयाँ बचत हुने अनुमान गरिएको अर्थ संकल समितिका सहसंयोजक सुवेदार तुलबहादुर गुरुङले बताए । मेलामा लाग्ने उक्त खर्च विभिन्न प्रायोजक संस्था र व्यक्तिबाट सहयोग संकलन गरि जुटाइनेछ । मेलामा सहभागीहुने दर्शकहरुको लागि स्थानीय कलाकारहरुबाट विभिन्न मनोरञ्जनमुलक कार्यक्रम गरिने मेला आयोजक मुल समितिको संयोजक क्याप्टेन बुद्धिबहादुर गुरुङले बताए ।
मेलाको आयोजक शान्ति रुपा बराहथोक तमु युवा परिवार रहेको छ भने शान्ति रुपा बहारथोक तमु समाज, शान्ति रुपमा आमा समूह, रुपा युवा क्लब, नौलो तारा क्लबले सहआयोजकको भूमिका निभाउनेछन् । शान्ति रुपमा बराहथोक तमु सजमाका अध्यक्ष क्याटेन बुद्धिबहादुर गुरुङको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा परिवारका अध्यक्ष फसेल बहादुर गुरुङ, शान्ति रुपमा बराहथोक आमा समूहका अध्यक्ष बेलकुमारी गुरुङ, समाजसेवी भेजबहादुर गुरुङ र योगेन्द्र गुरुङको समेत सभागिता रहेको थियो ।

Read more

अन्नपूर्ण गाउँपालिकाको ऐतिहासिक घोषणा: स्वास्थ्य बीमाको प्रिमियम शतप्रतिशत व्यहोर्ने, सबै नागरिकलाई बीमाको दायरामा ल्याइने

पोखरा, असार ७ — कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै नागरिकको स्वास्थ्य बीमाको प्रिमियम रकम शतप्रतिशत व्यहोर्ने महत्वाकांक्षी घोषणा गरेको…

सुशासनमा उदाहरण बन्दै अन्नपूर्ण गाउँपालिका, बेरुजु दर केवल ०.०१३० प्रतिशत

अन्नपुर्ण, कास्की। कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका सुशासन, पारदर्शिता र वित्तीय अनुशासनको क्षेत्रमा देशमै उदाहरणीय स्थानीय तहका रूपमा स्थापित भएको छ। महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३ औँ वार्षिक प्रतिवेदन–२०८३…

पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसमा रक्तदानदेखि शैक्षिक सम्मानसम्म विविध कार्यक्रम

पोखरा, २ पुस । पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ८० युनिट रगत सङ्कलन गरिएको छ । स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै महानगरपालिकाले रक्तदान…

अन्नपूर्ण गाउँपालिका कास्कीमा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ सम्पन्न

अन्नपूर्ण गाउँपालिका, कास्की। “सबैका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ अन्नपूर्ण गाउँपालिका कास्कीले आयोजना गरेको छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ शुक्रबार औपचारिक…

माघ १४ देखि वालिङ महोत्सव : व्यापार, कृषि, पर्यटन र संस्कृतिको भव्य संगम

स्याङ्जा | स्याङ्जाको मध्यभागमा रहेको वालिङ शहर आगामी माघ १४ देखि २५ गतेसम्म नवौं वालिङ महोत्सव २०८२ मनाउन तयार हुँदैछ। दुई–दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको यस महोत्सवले…

काँडे, भदौरे–सल्यान सडक खण्डमा बृहत् सरसफाई कार्यक्रम सम्पन्न

अन्नपुर्ण, कास्की । अन्नपुर्ण गाउँपालिका कास्कीको काँडे, भदौरे र सल्यानलाई जोड्ने महत्वपूर्ण सडक खण्डमा आज बृहत् सरसफाई तथा श्रमदान कार्यक्रम सम्पन्न गरिएको छ। स्थानीयवासीको सक्रिय पहलमा गरिएको कार्यक्रममा…