२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

डिष्ट्रिक्ट ३२५ आईका डिजी इलेक्ट टिमलाई सम्मान

पोखरा भ्यूज
पोखरा । पोखरा स्थित लायन्स लिडरहरूको आयोजनामा लायन वर्ष २०२३/२४ का लागि डिष्ट्रिक्ट ३२५ आई नेपालका डिजी इलेक्ट टिमलाई स्वागत तथा सम्मान सम्पन्न गरिएको छ ।

गत फागुन २७ गते पोखरामा सम्पन्न डिष्ट्रिक्ट ३२५ आई नेपालको प्रथम डिष्ट्रिक्ट कन्भेन्सनमार्फत् निर्वाचित भएका डिष्ट्रिक्ट ३२५ आई नेपालका इलेक्ट डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर विनोद ढुङगाना र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर पार्वती पाण्डे खरेललाई सोमवार पोखरामा एक कार्यक्रमको आयोजना गरी स्वागत एवं सम्मान गरिएको हो ।

त्यसैगरी, इलेक्ट गभर्नर केसीबाट क्याविनेटमा नजिकबाट काम गर्नका लागि डिष्ट्रिक्टका महत्वपूर्ण पदमा मनोनित भएका डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी महेश पाण्डे, डिष्ट्रिक्ट क्याबिनेट ट्रेजरर सन्तोष रावल, डिष्ट्रिक्ट चिफ एडभाईजर सूर्यकुमार केसी र डिष्ट्रिक्ट पिआरओ ईन चिफ सैलेन्द्रमोहन भट्टराईलाई पनि सम्मान गरिएको थियो ।

साथै, लियो डिष्ट्रिक्ट प्रेसिडेन्ट राजनबाबु ढुङगाना, भाईस प्रेसिडेन्ट मनिष अर्याल, लियो डिष्ट्रिक्ट सेक्रेटरी आविष्कार सुवेदी र ट्रेजरर स्वस्ती अधिकारीलाई पनि सो अवसरमा सम्मानित गरिएको थियो ।

उनिहरूलाई डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल, स्वागत एवं सम्मान कार्यक्रमका संयोजक डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट ईभालुसन को–अर्डीनेटर पवित्रराज तिवारी लगाएतले डिजी इलेक्ट टिमलाई सम्मान गरेका थिए ।

कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर बसेलले डिष्ट्रिक्ट ३२५ आई नेपालले परिणाममुखी काम गरी लायन्स अन्तर्राष्ट्रिय जगतमा नमूना डिष्ट्रिक्टको रूपमा स्थापित भएको कुरा व्यक्त गरे ।

डिष्ट्रिक्ट ३२५ आई का इलेक्ट डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले आफु र आफ्नो टिमलाई सम्मान गरेकोमा धन्यबाद एवं आभार व्यक्त गर्दे प्राप्त जिम्मेवारी पूरा गर्ने प्रतिबद्वता ब्यक्त गरे । केसीले ‘स्थापनाको पहिलो बर्ष उत्कृष्ट बर्ष बनेको छ, जग बसेको छ, त्यहि जगमा टेकेर हिड़न सजिलो छ जगमा टेकेर अघि बढ़छौं । उनले डिष्ट्रिक्ट ३२५ आई नेपालमा नेगेटिभ भन्ने सोचाई नै छैन जुन गएको ईलेक्शनले प्रमाणित गरेको जनाउ दिए ।

प्रथम भाइस डिष्ट्रिक्ट गर्भनर बिनोद ढुङगाना र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर पार्वती पाण्डे खरेलले डिष्ट्रिक्टको छविलाई अक्षुण राखी मन वचन र कर्मले काम गर्ने प्रतिबद्वता व्यक्त गरे ।

लियो डिष्ट्रिक्ट प्रेसिडेन्ट राजनबाबु ढुङगानाले सामाजिक सेवाका लागि संगठित भई, समन्वय गरेर एकबद्ध भई नेतृत्व क्षमताको विकास गर्दै सामाजिक सेवा गर्नु नै लियोको प्रमुख उद्देश्य रहेको बताए ।

डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी हरिराज पन्त, डिष्ट्रिक्ट एडमिनिट्रेटर शैलेन्द्र मोहन भट्टराई, डिष्ट्रिक्ट को– अर्डीनेटरहरू पवित्रराज तिवारी, अमृतशोभा खत्री, अमृतप्रसाद तिवारी लगाएतले आ–आफ्नो भनाई राखेका थिए ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…