२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
देश

नास्टको उपकुलपतिका लागि खुल्ला आवेदन माग

पोखरा भ्यूज
६ असार, काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट) को इतिहासमा पहिलो पटक उपकुलपतिका लागि खुल्ला आवेदन माग गरिएको छ ।

नास्टको ऐनमा भएको व्यवस्था बमोजिम नै सिफारिस समितिले उपकुलपतिका लागि इच्छुक हुने व्यक्तिहरूले आफ्नो कार्ययोजना र बायोडाटासहित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई असार १० गतेसम्म बुझाउन भनेको छ ।

सिफारिस समितिले सार्वजनिक गरेको सूचनामा नास्टको उपकुलपति हुन इच्छुक व्यक्तिहरू विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान दिएका व्यक्ति हुनुपर्ने उल्लेख छ ।

नास्ट ऐन,२०४८ को दफा १९को उपदफा (१क) मा उपकुलपतिमा हुने व्यक्तिले विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान गरेको हुनुपर्छ । इच्छुक व्यक्तिहरूले विज्ञान तथा प्रविधिको क्षेत्रमा आफूले पुर्‍याएको योगदान,विज्ञान तथा प्रविधि क्षेत्रको विकास र समृद्धिका लागि आफ्नो कार्ययोजनासहित लिखित निवेदन दिन समितिले भनेको छ ।

उपकूलपति रिक्त भएको ७ महिनापछि सरकारले नियुक्ति प्रक्रिया सुरु गरेको छ । २०७९ सालको पुसमा सुनिलबाबु श्रेष्ठको कार्यकाल सकिएपछि नास्टमा उपकुलपति रिक्त छ ।

कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सहकुलपतिको अध्यक्षतामा दुई जना प्राज्ञ सदस्य रहेको सिफारिस समित गठन गरेका छन् । नास्टको सहकुलपति शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री हुने व्यवस्था छ ।

सिफारिस समितिमा नास्टका प्राज्ञहरु समेत रहेका प्राध्यापकद्वय भरतमणि पोखरेल र शैलेन्द्रकुमार मिश्र सदस्य छन् । सिफारिस समितिले सिफारिस गरेका व्यक्तिहरूमध्ये कुनै एक जनालाई कुलपतिले उपकुलपति चयन गर्ने व्यवस्था छ ।

 

Read more

मुलुकी देवानी संहिता २०७४ को दफा २१४(२) खारेज: अर्को विवाह गर्ने विधवा महिलाले पूर्वपतिबाट प्राप्त सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौं । मुलुकी देवानी संहिता २०७४ को दफा २१४)२) खारेज गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार उक्त दफा खारेज गरिदिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासबाट…

निजामती कर्मचारीको ट्रेड युनियन खारेज

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल ले आइतबार ‘केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेसँगै निजामती कर्मचारीहरूको ट्रेड युनियन औपचारिक रूपमा खारेज गरिएको छ। संघीय मामिला तथा…

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

काठमाडौँ। राष्ट्रपति कार्यालयले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उक्त अध्यादेशमा पुनर्विचार आवश्यक देखिएकाले फिर्ता पठाएको राष्ट्रपति कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख गरिएको…

राष्ट्रपतिले जारी गरे सहकारी अध्यादेश

काठमाडौं।  राष्ट्रपति रामचन्द्र पौडेलले  एउटा अध्यादेश जारी गरेका छन्। सरकारले ६ वटा अध्यादेश स्वीकृति गर्न सिफारिस गरे पनि एउटा अध्यादेश जारी भएको हो। जसमध्ये सहकारी पहिलो संशोधन अध्यादेश…

विवाद चर्किएपछि गृहमन्त्री सुधन गुरुङको राजीनामा, मन्त्रालय प्रधानमन्त्रीकै मातहतमा

काठमाडौं — पछिल्लो समय गम्भीर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङले अन्ततः आफ्नो पदबाट राजीनामा दिएका छन्। विभिन्न आर्थिक अनियमितता र विवादित साझेदारीका आरोपबीच उनले बुधबार प्रधानमन्त्री बालेन शाह…

सदस्यता ‘खारेज’ विवादले कांग्रेसभित्र टकराव-लहडको निर्णय अस्वीकार्य-खड्का

काठमाडौं । नेपाली कांग्रेसभित्र चर्किएको आन्तरिक द्वन्द्व फेरि सतहमा आएको छ। संस्थापनइतर समूहले पार्टी सदस्यता कुनै नेताको व्यक्तिगत आवेग वा भाषणको भरमा खारेज गर्न नसकिने स्पष्ट सन्देश दिएको…