6Shares

पोखरा भ्यूज
७ असार, काठमाडौँ । बैंकमा रकम थुप्रिएपछि बैंकहरुको पनि बैंकको रुपमा रहेको नेपाल राष्ट्र बैंकलेले रकम तान्न थालेको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढी भएपछि नेपाल राष्ट्र बैंकले यस्तो तयारी थालेको हो ।

राष्ट्र बैंकले रिभर्स रिपोमार्फत १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्न लागेको स्रोतले बतायो । राष्ट्र बैंकले असार १४ गतेसम्मका लागि सात दिने अवधिको सूचना सार्वजनिक गर्दै बोलकबोलमार्फत १० अर्ब खिच्न लागेको छ ।

२०७९ माघ १२ गते ५ अर्ब रुपैयाँ तानेपछि पहिलो पटक बैंकिङ प्रणालीबाट पैसा खिच्न थालेको हो । बैंकिङ प्रणालीमा हाल ३ खर्बभन्दा बढी रकम थुप्रिएको छ राष्ट्र बैंकको तथ्यांक छ। बैंकिङ प्रणालीमा पैसा थुप्रिएपछि अन्तरबैंकदर, ट्रेजरी बिलको दर पनि घट्दै गएको छ ।

२८ दिने ट्रेजरी बिलको दर एक साताअघि ६.६ प्रतिशत रहेकोमा हाल ४.२ प्रतिशतको सीमामा झरेको छ । बैंकहरुमा निक्षेप संकलन बढ्दै गएपनि कर्जा प्रवाह हुन नसकेपछि बैंकमा नगद थुप्रिएको हो ।

6Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected