
पोखरा भ्यूज
८ असार, ओखलढुंगा । ओखलढुंगामा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । घटनामा एक जना बेपत्ता छन् ।
प्रहरीले दिएको जानकारी अनुसार चम्पादेवी गाउँपालिका–८ बिहीबार राति पहिरोले घर पुरिँदा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया गुरुङ र १८ महिने छोरी कृतिका गुरुङको मृत्यु भएको हो । घटनामा सोही घरका १० वर्षिय दिनेश गुरुङ बेपत्ता छन् ।
पहिरोले सोही ठाउँका बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि भत्किएको छ । यद्यपि सो घरका सदस्यहरुले भागेर ज्यान जोगाएकाले मानवीय क्षति हुन पाएन ।











