२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
देश

काँग्रेस शीर्ष बैठकमा नीति महाधिवेशनको मितिबारे छलफल भएन

पोखरा भ्यूज

२० असार, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार डाकेको शीर्ष नेताहरुको बैठकमा निति महाधिवेशनको मितिबारे छलफल हुन सकेन । उपसभापति पूर्णबहादुर खड्का पार्टीका शीर्ष नेताको बैठकमा उपस्थित हुन नसक्दा नीति महाधिवेशनको मितिबारे छलफल नभएको उच्च स्रोतले बतायो ।

सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति र नीति महाधिवेशनको मितिका विषयमा छलफल गर्न उपसभापति र महामन्त्रीलाई धुम्बाराही निवासमा डाकेका थिए । बैठकले केन्द्रीय समितिको बैठक २७ असारबाट बोलाउने निर्णय गरेको छ ।

बैठकमा प्रस्तुत गरिने एजेण्डाबारे पनि थप छलफल हुन सकेन । उपसभापति खड्का अस्वस्थ भएका कारण आजको शीर्ष बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएका थिए । यद्यपि सोमबार दिउँसो संसद बैठकमा भने खड्का उपस्थित भएका थिए।

काँग्रेसको विधानमा उपसभापति नीति अनुसन्धान प्रतिष्ठानको प्रमुख हुने व्यवस्था छ । सोही व्यवस्था बमोजिम सभापति देउवाले उपसभापति खड्कालाई उक्त पदमा मनोनित गरेका थिए ।

उपसभापति खड्का बैठकमा उपस्थित नभएकाले नीति महाधिवेशनको मिति छलफल गर्ने र केन्द्रीय समितिबाट पारित गर्ने तयारी विफल भएको हो ।

Read more

मुलुकी देवानी संहिता २०७४ को दफा २१४(२) खारेज: अर्को विवाह गर्ने विधवा महिलाले पूर्वपतिबाट प्राप्त सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौं । मुलुकी देवानी संहिता २०७४ को दफा २१४)२) खारेज गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार उक्त दफा खारेज गरिदिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासबाट…

निजामती कर्मचारीको ट्रेड युनियन खारेज

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल ले आइतबार ‘केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेसँगै निजामती कर्मचारीहरूको ट्रेड युनियन औपचारिक रूपमा खारेज गरिएको छ। संघीय मामिला तथा…

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

काठमाडौँ। राष्ट्रपति कार्यालयले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उक्त अध्यादेशमा पुनर्विचार आवश्यक देखिएकाले फिर्ता पठाएको राष्ट्रपति कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख गरिएको…

राष्ट्रपतिले जारी गरे सहकारी अध्यादेश

काठमाडौं।  राष्ट्रपति रामचन्द्र पौडेलले  एउटा अध्यादेश जारी गरेका छन्। सरकारले ६ वटा अध्यादेश स्वीकृति गर्न सिफारिस गरे पनि एउटा अध्यादेश जारी भएको हो। जसमध्ये सहकारी पहिलो संशोधन अध्यादेश…

विवाद चर्किएपछि गृहमन्त्री सुधन गुरुङको राजीनामा, मन्त्रालय प्रधानमन्त्रीकै मातहतमा

काठमाडौं — पछिल्लो समय गम्भीर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङले अन्ततः आफ्नो पदबाट राजीनामा दिएका छन्। विभिन्न आर्थिक अनियमितता र विवादित साझेदारीका आरोपबीच उनले बुधबार प्रधानमन्त्री बालेन शाह…

सदस्यता ‘खारेज’ विवादले कांग्रेसभित्र टकराव-लहडको निर्णय अस्वीकार्य-खड्का

काठमाडौं । नेपाली कांग्रेसभित्र चर्किएको आन्तरिक द्वन्द्व फेरि सतहमा आएको छ। संस्थापनइतर समूहले पार्टी सदस्यता कुनै नेताको व्यक्तिगत आवेग वा भाषणको भरमा खारेज गर्न नसकिने स्पष्ट सन्देश दिएको…