
पोखरा भ्यूज
४ साउन, रौतहट । जनता समाजवादी पार्टी नेपाल बागमती प्रदेश सचिव अजय निरालाले रौतहटको सदरमुकाम गौरमा गौर हत्या काण्डको दोसिलाई कारबाहीको माग गर्दै गरिएको प्रर्दशनप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले वुधबार एक विज्ञप्ति प्रकाशित गरी गौर हत्या काण्ड हुनै नपर्ने अपराध भएको उल्लेख गरेका छन्।

उनले सत्यतथ्य छानबिन हुनुपर्नेमा जोड दिंदै उक्त घटना तत्कालीन माओवादी नेता एवं पूर्वमन्त्री प्रभु साहको नेतृत्वमा भएको दावी गरेका छन् । साह हाल रौतहटको क्षेत्र नं.३ का सासंद एवं आम जनता पार्टीको अध्यक्ष छन् ।
गौर हत्याकाण्डबारे हाल आम जनत. पार्टीले गरेशअे प्रदर्शन र मागले जसपा अध्यक्ष अध्यक्ष उपेन्द्र यादवलाई बदनाम गरेको षड्यन्त्र भएको उल्लेख गर्दै विज्ञप्तिमा आम जनता पार्टीले गैर जिम्मेवार र राजनीति अपरिपक्ता प्रदर्शन गरेको दावी गरिएको छ ।
नेता निरौलाले गौर हत्या कान्ड हुदा बखत त्यस आन्दोलनको नेतृत्व प्रभ साहले गरेको, आपसी सदभाव भड्काएर साम्प्रदायिकतामा विद्वैष फैलाएको, दुई समुहलाई उचालेर घटना गराएले साहलाई कारबाही किन नगरेको भनी सरकारसँग प्रश्न गरेका छन् ।
गौर हत्याकान्ड सँगसँगै काशिराम तिवारी , उपेन्द्र दास बैरागी तथा सुनिल यादव (शिक्षक) हत्या काण्ड को निश्पक्ष छानविन हुनुपर्ने उनको जिकिर छ ।
‘पहिला प्रभू साह देखि अनुसदान सुरु गर्न उपेन्द्र दास बैरागीको हत्या गरेको आरोपितलाई पार्टि प्रवेश गराएर छानबिन गर्न सघाउनुको सट्टा आफू बच्ने उदेश्यले विभिन्न बिसयमा कार्यकर्ता उचालेर पुर्व मन्त्री प्रभु साहले गरिरहेको प्रचार बाजि र गैर( राजनीति गतिविधिको घोर भ्रत्सना गर्द्छु,’ विज्ञप्तिमा भनिएको छ ।







सम्बन्धित खवर
















