२०८३ कार्तिक ३०, सोमबार Monday, November 16, 2026
खबर

‘एक वडा, एक पकेट’ कार्यक्रम अन्तर्गत पोखरा किसानले बुझे रु एक करोड ८१ लाख

पोखरा भ्यूज

पोखरा । ‘एक वडा, एक पकेट’ कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिकाका किसानले रु एक करोड ८१ लाख प्रोत्साहन रकम बुझेका छन् । अन्न, तरकारी, फलफूललगायत कृषिजन्य उत्पादनमा लागेका २० वडाका झन्डै पाँच हजार किसानलाई प्रोत्साहन रकम वितरण गरिएको महानगरको कृषि महाशाखाले जनाएको छ ।

महानगरले गत आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार तरकारी खेती विस्तार, मौरी पालन, आलु, उवा, सुन्तला, उखु र चैते धान खेती गर्ने किसानलाई प्रोत्साहन रकम प्रदान गरेको हो ।

महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार वडा नं ५, १८, १३, १४, २२, २३, २४, २५, ३१ र ३३ वडामा तरकारी, १६, २०, २८ र ३० मा मौरी, १५ र २७ मा आलु, २६ मा चैते धान, १९ मा उवा, २१ मा सुन्तला र ३२ मा उखु खेतीको पकेट क्षेत्र तोकिएको छ ।

Read more

डिएलए नेपालको कार्यवाहक अध्यक्षमा वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाल

काठमाडौं । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए–नेपाल) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाललाई दिइएको छ। संस्थाका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम के.सी.ले २०८३ कात्तिक…

पोखरामै वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण, काठमाडौं धाउनुपर्ने बाध्यता हट्यो

पोखरा । वैदेशिक रोजगारीमा जाने पोखरा तथा आसपासका जिल्लाका युवाले स्वास्थ्य परीक्षणका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले वैदेशिक रोजगारीमा…

‘खोइ किसुनजीको सादगी, गणेशमानको त्याग ?’ पूर्ण तिमिल्सिनाको कांग्रेस नेतृत्वलाई प्रश्न

पोखरा । नेपाली कांग्रेसको संगठनात्मक गतिविधि, नेतृत्वको कार्यशैली र आमकार्यकर्तासँगको सम्बन्धलाई लिएर पार्टीभित्रै असन्तुष्टिका स्वर सुनिन थालेका छन्। पार्टी सुधारको बहस चलिरहेका बेला नेपाली कांग्रेसका महासमिति सदस्य तथा…

कांग्रेसको छवि नेताकार्यकर्ताको व्यवहारबाटै बन्ने हो : महामन्त्री पौडेल

नागरिकसँग जिम्मेवार, मर्यादित र जनमैत्री व्यवहार गर्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन पोखरा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताको व्यवहारले नै कांग्रेसको समग्र छवि…

गण्डकी कांग्रेसको नेतृत्वमा मेखलाल श्रेष्ठको दाबेदारी, महामन्त्रीमा गंगाधर पराजुलीको चर्चा

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नियमित महाधिवेशन पक्षधरले गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने तय गरेसँगै प्रदेश नेतृत्वका लागि राजनीतिक सरगर्मी…

देउवा नेतृत्व कांग्रेसको १५औँ महाधिवेशनका लागि कास्कीबाट पुराना नेता र युवासहित प्रतिनिधि चयन

पोखरा । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको समूहबाट नियमित…