
पोखरा भ्यज
४ भदौ, भक्तपुर। भक्तपुरस्थित बाल सुधार गृहबाट भागेकामध्ये १९४ जना प्रहरीेको नियन्त्रणमा आएका छन् । प्रहरीका अनुसार अझै २७ कैदीबन्दी सम्पर्कमा नरहेको र उनीहरुको खोजीकार्य जारी रहेको भक्तपुर प्रहरी प्रमुख एसपी प्रजित के.सी.ले छन् ।
उनीहरुको खोजीका लागि काठमाडौं, भक्तपुर र ललितपुरमा प्रहरी परिचालिन गरिएको छ । सोमबार दिउँसो सुधार गृहको पछाडि पट्टीको ढोका फोडेर कैदीबन्दी फरार भएका थिए ।
आइतबार एक जना कैदीबन्दीको मृत्यु भएपछि उत्पन्न तनावका बीच कैदीबन्दीहरुले नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीलाई समेत आक्रमण गरी भागेका थिए ।
मृतकका आफन्तले गरेको प्रदर्शन रोक्न प्रहरीले गोली चलाएको थियो । घटनामा १९ प्रहरी घाइते भएका थिए । उनका अनुसार, त्यसक्रममा १२ जना सुरक्षाकर्मी सुधार गृह भित्रका केही कैदीबन्दी पनि घाइते भएका थिए ।











