
0Shares
पोखरा भ्यूज
२६ भदौ, काठमाडौ । वुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक विहीबारका लागि सारिएको छ । संविधानसभा अध्यक्ष, पूर्वसभामुख तथा मौजुदा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनका कारण बुधबारका लागि तय भएको बैठक बिहीबार बस्नेगरी सारिएको हो ।
बैठक भदौ २८ गते दिउँसो ३ बजे बस्ने जारी सूचनामा जनाइएको छ ।

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको मंगलबार बिहान काठमाडौँमा हृदयघातबाट निधन भएको थियो । सरकारले उनको राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने र सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
0Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















