२०८३ कार्तिक ३०, सोमबार Monday, November 16, 2026
खबर

ज्योतिषको प्रयोगात्मक अध्ययनका लागि संस्कृत विद्यापीठमा बन्यो गोल

पोखरा भ्यूज
पोखरा ।  नेपाल संस्कृत विश्वविद्यालयको आंगिक क्याम्पस विन्दुवासिनी संस्कृत विद्यापीठ (क्याम्पस) पोखरामा ज्योतिष विषयको प्रयोगात्मक अध्ययनका लागि गोल निर्माण गरिएको छ ।
विद्यापीठका पूर्व प्राचार्य सहप्राध्यापक अम्बिकाप्रसाद भट्टराईको संयोजन एवम् ज्योतिष विषयका विभागीय प्रमुख एवम् पूर्व प्राचार्य प्रा.श्रीराम बराल र सहप्राध्यापक पूणर्चन्द्र वाग्लेको सैद्धान्तिक एवम् प्राविधिक सहयोगमा गोल निर्माण गरिएको हो । विभिन्न व्यक्तिको सहयोगमा करिब ५० हजार रुपैयाँको लागतमा गोल निर्माण गरिएको आज यहाँ आयोजित कार्यक्रममा सहप्राध्यापक भट्टराईले जानकारी दिए ।
ज्योतिष शास्त्रमा ग्रहको अवस्था आदिलाई कक्षा कोठामा सैद्धान्तिक रुपमा मात्र पढाएर बुझाउन नसकिने वास्तविकतामा विद्यार्थीलाई गोल भित्रै राखेर खगोलीय अध्ययन गराउन यसको निर्माण अपरिहार्य ठानिएको सहप्राध्यापक पूणर्चन्द्र वाग्लेले बताए ।
नेपाल संस्कृत विश्वविद्यालयका विभिन्न विद्यापीठहरूमा ज्योतिष विषयको अध्ययन अध्यापन गर्दै आइए पनि कुनै पनि विद्यापीठमा गोल निर्माण गरी हालसम्म प्रयोगात्मक अध्ययन अध्यापन हुन नसकेको वास्तविकतामा पोखरामा गोल निर्माण गरिनु आँफैंमा महत्वपूर्ण रहेको ज्योतिष विषयका विभागीय प्रमुख एवम् पूर्व प्राचार्य प्राध्यापक.श्रीराम बरालले बताए । ज्योतिष आँफैंमा विज्ञानमा आधारित विषय भएको बताउँदै उनले यसको महत्वलाई राम्रोसँग उजागर गर्न नसकिएको बताए ।
गोल निर्माणले ज्योतिष विषयको सैद्धान्तिक अध्ययन एवम् प्रयोगात्मक अध्ययनका लागि सहयोग पुग्ने प्राचार्य प्रा.डा. जगन्नाथ रेग्मीले बताए । यसको निर्माणले ज्योतिष विषयका अध्येतासँगै भुगोल, विज्ञान जस्ता विभिन्न विषयका अनुसन्धाताका लागि पनि उत्तिकै महत्वपूर्ण बन्ने विश्वास लिइएको उनले बताए ।
कार्यक्रमकै अवसरमा सहप्राध्यापक पूणर्चन्द्र वाग्लेले “ अयनचलन र यसको प्रभावः शास्त्रीय र आधुनिक मान्यता ” विषयक अवधारणापत्र प्रस्तुत गरेका थिए । अयन चलनको कारणबाट वसन्त आदि ऋतुमा भएको परिवर्तन अनुसार सौरमान वा ऋतुजन्य चाडपर्व आदिको सुधारका पक्षमा शास्त्रीय धारणलाई अघि बढाउनु उपयुक्त हुने उनको भनाई रहेको थियो ।

Read more

डिएलए नेपालको कार्यवाहक अध्यक्षमा वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाल

काठमाडौं । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए–नेपाल) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाललाई दिइएको छ। संस्थाका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम के.सी.ले २०८३ कात्तिक…

पोखरामै वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण, काठमाडौं धाउनुपर्ने बाध्यता हट्यो

पोखरा । वैदेशिक रोजगारीमा जाने पोखरा तथा आसपासका जिल्लाका युवाले स्वास्थ्य परीक्षणका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले वैदेशिक रोजगारीमा…

‘खोइ किसुनजीको सादगी, गणेशमानको त्याग ?’ पूर्ण तिमिल्सिनाको कांग्रेस नेतृत्वलाई प्रश्न

पोखरा । नेपाली कांग्रेसको संगठनात्मक गतिविधि, नेतृत्वको कार्यशैली र आमकार्यकर्तासँगको सम्बन्धलाई लिएर पार्टीभित्रै असन्तुष्टिका स्वर सुनिन थालेका छन्। पार्टी सुधारको बहस चलिरहेका बेला नेपाली कांग्रेसका महासमिति सदस्य तथा…

कांग्रेसको छवि नेताकार्यकर्ताको व्यवहारबाटै बन्ने हो : महामन्त्री पौडेल

नागरिकसँग जिम्मेवार, मर्यादित र जनमैत्री व्यवहार गर्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन पोखरा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताको व्यवहारले नै कांग्रेसको समग्र छवि…

गण्डकी कांग्रेसको नेतृत्वमा मेखलाल श्रेष्ठको दाबेदारी, महामन्त्रीमा गंगाधर पराजुलीको चर्चा

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नियमित महाधिवेशन पक्षधरले गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने तय गरेसँगै प्रदेश नेतृत्वका लागि राजनीतिक सरगर्मी…

देउवा नेतृत्व कांग्रेसको १५औँ महाधिवेशनका लागि कास्कीबाट पुराना नेता र युवासहित प्रतिनिधि चयन

पोखरा । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको समूहबाट नियमित…