२०८३ मंसिर १, मंगलबार Tuesday, November 17, 2026
खबर

‘गोल्डेन ट्रयाङगल बाइक टुर’का सहभागीलाई पोखरामा स्वागत

पोखरा भ्यूज

पोखरा, १४ असोज । आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले असोज १० गते काठमांडौंबाट हिडेको ४० जनाको राइडर ग्रुपलाई आइतवार साँझ पोखरामा स्वागत एवं सम्मान गरिएको छ । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)ले गोल्डेन ट्रयाङगल बाइक टुरका ‘राइडर ग्रुप’ सहभागीहरुलाई स्वागत गरेको हो ।

टेवानको समन्वय, एनटिपी मल्टिमिडिया र एक्सपल्स राइडर नेपाल क्लबद्धारा आयोजित गोल्डेन ट्रयाङगल बाइक टुरका सहभागीहरुलाई पोखरा–६, लेकसाईडस्थित होटल स्नोलैन्ड परिसरमा स्वागत एवं सम्मान गरेको टेवानका अध्यक्ष कमला गिरीले बताईन् ।

उनिहरूलाई पर्यटन व्यवसायी गणेश भट्टराई, टेवानका अध्यक्ष कमला गिरी, संस्थापक अध्यक्ष लक्की क्षेत्री, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी लगाएतले खादा मालाले स्वागत सम्मान गरेका थिए ।

विश्व पर्यटन दिवसको अवसरमा नेपाल टुरिजम बोर्ड काठमाण्डौ परिसरबाट शुरु भएको गोल्डेन ट्रयाङगल बाइक टुरका सहभागीहरू चार प्रदेशका १६ जिल्ला समेटने गरी एक हजार कि मी को यात्रा तय गरी आइतवार पोखरा आएको टेवानका सचिव शोभा अधिकारी पौडेलले बताईन् ।

उनिहरू मधेश प्रदेशको पर्सा, बाग्मतीको नारायणघाट, लुम्बिनीको बुटवल र पाल्पा हुदै पाँचौं दिनमा गण्डकीको पोखरा आएका हुन् ।

टेवानका अध्यक्ष कमला गिरीको अध्यक्षतामा सम्पन्न स्वागत एवं सम्मान कार्यक्रममा पर्यटन व्यवसायी गणेश भट्टराई, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी, टुर संयोजक बिष्णु बिबेक र टेवानका महासचिव अनिता खड़का भट्टराईले यस प्रकारको भ्रमणले आन्तरिक पर्यटन प्रबर्द्धनमा सघाउ पुग्ने भनाई राखेका थिए।

Read more

समाजसेवाको स्वर्णिम उदाहरण : लायन्स क्लबले बनायो आरोग्य भवन

पोखरा । सामाजिक सेवामा समर्पित लायन्स क्लब अफ पोखराले मानवीय सेवाको क्षेत्रमा अर्को महत्वपूर्ण योगदान दिएको छ । क्लबको २५ लाख रुपैयाँ आर्थिक सहयोगमा विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयमा निर्माण…

नेपाली जनसम्पर्क समिति क्यानडाको संयोजकमा टोष्टराज कार्की ‘बसन्त’ मनोनीत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले नेपाली जनसम्पर्क समिति क्यानडाको संयोजकमा टोष्टराज कार्की (वसन्त कार्की) लाई मनोनयन गरेको छ। महाधिवेशन तयारी समितिका संयोजक प्रा. डा.…

डिएलए नेपालको कार्यवाहक अध्यक्षमा वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाल

काठमाडौं । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए–नेपाल) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाललाई दिइएको छ। संस्थाका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम के.सी.ले २०८३ कात्तिक…

पोखरामै वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण, काठमाडौं धाउनुपर्ने बाध्यता हट्यो

पोखरा । वैदेशिक रोजगारीमा जाने पोखरा तथा आसपासका जिल्लाका युवाले स्वास्थ्य परीक्षणका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले वैदेशिक रोजगारीमा…

‘खोइ किसुनजीको सादगी, गणेशमानको त्याग ?’ पूर्ण तिमिल्सिनाको कांग्रेस नेतृत्वलाई प्रश्न

पोखरा । नेपाली कांग्रेसको संगठनात्मक गतिविधि, नेतृत्वको कार्यशैली र आमकार्यकर्तासँगको सम्बन्धलाई लिएर पार्टीभित्रै असन्तुष्टिका स्वर सुनिन थालेका छन्। पार्टी सुधारको बहस चलिरहेका बेला नेपाली कांग्रेसका महासमिति सदस्य तथा…

कांग्रेसको छवि नेताकार्यकर्ताको व्यवहारबाटै बन्ने हो : महामन्त्री पौडेल

नागरिकसँग जिम्मेवार, मर्यादित र जनमैत्री व्यवहार गर्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन पोखरा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताको व्यवहारले नै कांग्रेसको समग्र छवि…