45Shares

पोखरा भ्यूज
पोखरा । सर्भिस, रिपोर्टिंग र मेम्बरशीप ग्रोथमा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल विश्वको पहिलो स्थानमा रहन सफल भएको छ । मानवीय सेवाका कार्यमा प्रतिबद्व लायन्स अन्तर्राष्ट्रियमा आवद्व २१२ राष्ट्रका करिव ८०० डिष्ट्रिक्ट मध्ये डिष्ट्रिक्ट ३२५ आई नेपालले सर्भिस, रिपोर्टिंग र पुन: सर्वाधिक धेरै क्लब, ३१ वटा नयाँ क्लब लायन्स अन्तर्राष्ट्रियमा चार्टर्ड गर्न सफल भई प्रथम स्थानमा प्राप्त गरेको हो ।
आईसँगै नेपालका अन्य चार डिष्ट्रिक्टहरू पनि शीर्ष पाँचमा पर्न सफल भएका छन् । अन्य चार डिष्ट्रिक्टहरू डिष्ट्रिक्ट ई ले २१ क्लब, एचले १८, के ले १६ वटा क्लब र जी बाट १३ क्लब चार्टर गरी नेपालका पाँच डिष्ट्रिक्ट लायन्स अन्तर्राष्ट्रियमा शीर्ष पाँचभित्र पर्न सफल भएका हुन् । यी मध्ये आई र के साविक डिष्ट्रिक्ट ३२५ बी वानबाट बाईफर्गेसन भएका डिष्ट्रिक्ट हुन् । नेपालमा रहेका १५ वटा डिष्ट्रिक्ट मध्ये डिष्ट्रिक्ट ३२५ आई नेपालमा चन्द्रकुमार केसी र ३२५ के मा सुचित्रा थापा डिष्ट्रिक्ट गभर्नर रहेका छन् ।
जुलाई १ बाट कार्यकाल सुरू भएको तीन महिनाको अवधीमा आई ले आफ्नो प्रथम स्थान कायमै राखेको डिष्ट्रिक्ट ३२५ आई नेपालका क्याविनेट सेक्रेटरी महेश पाण्डेले बताए । पाण्डेले सामाजिक संजालमा लेखेका छन् ‘हाम्रा केही मिसनहरु थिए र ती मिसनहरुले हामीलाई रात दिन काम गर्न प्रेरित गरिरहेका थिए, त्यसैले हामी शानका साथ भन्न पाएका छौँ कि हाम्रो डिष्ट्रिक्ट ३२५ आई नेपाल दुनियाँको सर्भिस, रिपोर्टिङ र नयाँ क्लब चार्टर लगाएतका बिषयमा नम्बर १ बनेको छ ।’
लायन बर्ष २०२२/२३ मा पनि डिष्ट्रिक्ट ३२५ आई नेपाल प्रथम स्थान मै रहेको थियो । २०२२/२३ मा रामबहादुर बसेल आई का गभर्नर थिए ।
डिष्ट्रिक्ट पहिलो स्थानमा रहन सफल भएपछि सामाजिक संजाल मार्फ़त प्रतिक्रिया दिदै लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले ‘यहाँहरु यसको हकदार हुनुहुन्छ, हाम्रो शब्दकोषमा आराम भन्ने शब्द नै छैन, अझ धेरै गर्नु छ र यी सब यहाँहरुबाट सम्भब छ ।’ गभर्नर केसी ले भने, ‘लायन्स अन्तर्राष्ट्रिय प्रेसिडेन्टको नारा ‘चेन्जिङ द वर्ल्ड’ र गभर्नरको नारा ‘इन्सपाएर टु लिड’ यस अभियानमा डिष्ट्रिक्टका अग्रज लायन्स लिडरको सहयोग र साथ, मेरो क्याविनेट टिम, क्लब अध्यक्ष लगायत सम्पूर्ण लायन सदस्यको योगदानबाट नै सम्भव भएको हो ।’

45Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected