२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
अर्थ र वाणिज्य

नयाँबजारको व्यापार मेलामा छुट नै छुट

पोखरा भ्यूज

पोखरा, २३ मंसिर । पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा दैनिक उपभोग्य बस्तु तथा अन्य सेवाहरुमा भारी छुटको व्यवस्था गरिएको छ ।
मंसिर २१ गतेदेखि सुरु भएको मेलामा रहेका विभिन्न स्टलहरुले भारी छुटमा सामानहरु बिक्री गरिरहेको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष दीनेशचन्द्र बास्तोलाले जानकारी दिए । उनका अनुसार खासगरी दैनिक उपभोग्य बस्तु र लत्ताकपडाहरु सुपथ मूल्यमा बिक्री भइरहेका छन् ।
‘साल्ट्र ट्रेडिङ कर्पोरेसनले छुटसहित विभिन्न उत्पादनहरु बिक्री गरिहेको छ,’उनले भने,‘त्यस्तै मेलाको प्रवेश टिकटमा हामीले पनि विभिन्न उपहारको व्यवस्था गरेका छौँ ।’ उनका अनुसार मेलाको हेल्थ पार्टनर चरक मेमोरियल अस्पतालले मेलास्थलमा स्वास्थ्य परीक्षणका साथै हरेक दिन दुईजनालाई अस्पतालबाट सम्पूणर् स्वास्थ्य परीक्षणको अवसर दिएको छ । बेटरहोम्सबाट पनि दैनिक आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ भने चालिसे मोटर्स नयाँबजारले मेलाको प्रवेश टिकटबाट गोलाप्रथाद्धारा एकजनालाई सुजुकी एभेनिक स्कुटर दिने घोषणा गरेको छ ।
यस्तै मेलास्थलमा रहेको नेपाल टेलिकमको स्टलबाट निःशुल्क सिमकार्ड वितरण भइरहेको छ । प्रिपेड सिमकार्डको लागि नागरिकताको प्रतिलिपी र एकप्रति पासपोर्ट साइजको फोटो भने आवश्यक हुने टेलिकमका बजार व्यवस्थापन प्रमुख महेन्द्र रिमालले जानकारी दिए ।
मेलामा बैंक तथा वित्तीय संस्थाहरुले खाता खोल्नेदेखि आफ्ना सेवाबारे जानकारी दिइरहेका छन् भने पोखरा औद्योगिक क्षेत्र उद्योग संघको तर्फबाट राखिएका स्टलहरुबाट त्यहाँका औद्योगिक उत्पादनहरु सुपथ मूल्यमा बिक्री तथा प्रदर्शन भइरहेको संघका उपमहासचिव शोभा गौतमले जानकारी दिइन् । मेला पुस १ गतेसम्म जारी रहने छ । मेलामा सहभागीहरुलाई मनोरञ्जन दिन सांस्कृतिक कार्यक्रमहरु पनि समावेश गरिएको संघका महासचिव बलराम आचार्यले जानकारी दिएका छन् । सांस्कृतिक कार्यक्रममा नाच्नेहरुलाई पनि उपहारको व्यवस्था गरिएको उनले जानकारी दिए ।

Read more

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्न

पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र…

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

चाडबाडमा अनुगमन गर्दा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह, उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि सचेत पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको समयमा बजार अनुगमनका…

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…

वालिङबाट बालुवाटारसम्म गरिमाको आर्थिक यात्रा, बालुवाटारमा नयाँ केन्द्रीय कार्यालय

काठमाडौं । वालिङबाट सुरु भएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रालाई थप विस्तार गर्दै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकको नयाँ केन्द्रीय…

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मर्जर सम्पन्न, शुक्रबारदेखि एकीकृत कारोबार सुरु

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। दुवै संस्था अब ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत रूपमा सञ्चालनमा…