२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
अर्थ र वाणिज्य

बाह्रौं पोखरा महोत्सवलाई विभिन्न संघ संस्थाले झांकी र्याली सहभागी गराउने

पोखरा भ्यूज

पोखरा । रवि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजन रहेको बाह्रौं संस्करणको पोखरा महोत्सवलाई पोखरामा रहेका विभिन्न संघ संस्थाहरुले झांकी र्याली सहभागी गराउने भएका छन ।

महोत्सवको सुरुवातीदेखीनै पोखराका संघ संस्थाहरुले सहयोग गर्दै आइरहेकोमा बाह्रौं संस्करणको पोखरा महोत्सवलाई पनि विगतका महोत्सवहरुलाई जस्तै पोखराका संघ संस्थाहरुले झांकी र्याली सहभागी गराउने भएका हुन ।

शनिवार पोखरा महोत्सव स्थल अमरसिंह खेल मैदानमा संघ संस्था समन्वय तथा झांकी र्याली ब्यवस्थापन उपसमिति द्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले बाह्रौं संस्करणको पोखरा महोत्सवको उद्घाटन पुर्व पोखरा रंगशालाबाट शुरु हुने झांकी र्यालीमा सहभागी हुने प्रतिवद्धता जनाएका छन ।

अन्तरक्रिया कार्यक्रममा वोल्दै जनकल्याण तमु समाजका सचिव यज्ञ बहादुर गुरुङले पोखरा महोत्सव सम्पूणर् पोखरेलीको महोत्सव भएकाले महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि आफ्नो संस्था प्रतिवद्ध रहेको वताए ।

पोखरा महोत्सवले विशुद्ध सामाजिक कामलाई अगाडी वढाउने भएकाले आफ्नो संस्थाबाट झांकी सहित महोत्वमा उपस्थिती रहने उनको भनाइ रहेको थियो । त्यस्तै नेपाल मगर संघ रामबजार मगर समाजका अध्यक्ष सुधा थापा मगरले बाह्रौं संस्करणको पोखरा महोत्सवलाई विगतमा जस्तै आफ्नो संस्थाबाट समेत झांकी सहभागी गराउने प्रतिवद्धता जनाउदै पोखरा महोत्सवको सफलताको कामना गरे ।

सो अवसरमा वोल्दै युनाइटेड क्लबका अध्यक्ष तथा बाह्रौं पोखरा महोत्सव मुल आयोजक समितिका संयोजक राजु श्रेष्ठले बाह्रौ संस्करणको पोखरा महोत्सवलाई बिगतका महोत्सवमा जस्तै सम्पूणर् संघ संस्थाको साथ र सहयोग रहनेमा आफुहरु विश्वस्त रहेको वताए । युनाइटेड क्लबले आयोजना गर्ने महोत्सव विशुद्ध सामाजिक कामका लागि भएकाले सम्पूणर्को साथ र सहयोगलेनै पोखरा महोत्सव बाह्रौं संस्करण सम्म आइपुगेको उनको भनाइ रहेको थियो ।

सो अवसरमा उद्गम टोल बिकास संस्थाका हर्क बहादुर गुरुङ, पोखरा १३ का बृहष्पति शर्मा, बलाराम ढुंगाना लगायतले महोत्सवको सफलताको शुभकामना सहित आ आफ्नो धारणा राखेका थिए ।

बाह्रौं पोखरा महोत्सव संघ संस्था समन्वय संयोजक सुक बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको सञ्चालन महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले गरेका थिएभने कार्यक्रममा झांकी र्याली ब्यवस्थापन उपसमिति संयोजक विष्णु कुमार गुरुङले स्वागत मन्तब्य राखेका थिए ।

बाह्रौं पोखरा महोत्सवको प्रायोजकमा हिमश्री फुड्स प्रा.लि.को उत्कृष्ट उत्पादन रारा तैयारी चाउचाउ र भिजन लिंक एजुकेशन कन्सल्टेन्सी, टिकट प्रायोजक सिटीजन फर्निचर एण्ड ट्रेडलिंक प्रालि, प्रवेश पास प्रायोजक सिद्धि अटोपार्टस एण्ड मोटरसाइकल वर्कसप, ब्रोसर प्रायोजकमा रिलायवल लाइफ इन्सुरेन्स, वान डे पास प्रायोजकमा योकोहामा जापानिज ल्याङ्ग्वेज एण्ड ट्रनिङ कन्सल्टेन्सी प्रालि, अफिसियल ड्रिङकिङ वाटरमा सोल्टी प्रोसेस पानी, हस्पिटालिटी पार्टनरमा होटल टास्क इन्टरनेश्नल अमरसिंह चोक, इन्स्योरेन्स पार्टनरमा आइ.जी.आइ प्रुडेन्सियल इन्स्योरेन्स, बैंकिङ पार्टनरमा ग्रीन डेभलपमेन्ट बैंक, अफिसियल इन्टरनेटमा वल्र्डलिंक र महोत्सवको विशेष सहयोगी संस्थामा पोखरा महानगरपालिका सहयोगी संस्थामा अमरसिंह मावि, गण्डकी प्रज्ञा प्रतिष्ठान, प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड, महोत्सवको अफिसियल मिडियामा एबिसी न्युज टेलिभिजन, फेवा टेलिभिजन, एभरेष्ट एफ एम ९३ मेघाहर्ज, आदर्श समाज राष्ट्रिय दैनिक र कोरालाखवर डटकम रहेका छभने अनलाइन टिकटिङ पार्टनरमा रेभेल रहेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

Read more

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्न

पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र…

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

चाडबाडमा अनुगमन गर्दा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह, उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि सचेत पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको समयमा बजार अनुगमनका…

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…

वालिङबाट बालुवाटारसम्म गरिमाको आर्थिक यात्रा, बालुवाटारमा नयाँ केन्द्रीय कार्यालय

काठमाडौं । वालिङबाट सुरु भएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रालाई थप विस्तार गर्दै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकको नयाँ केन्द्रीय…

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मर्जर सम्पन्न, शुक्रबारदेखि एकीकृत कारोबार सुरु

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। दुवै संस्था अब ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत रूपमा सञ्चालनमा…