0Shares

पोखरा भ्यूज
पोखरा, २० पुस । स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा आफनो हीरक महोत्सव मनाइरहेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आउदो बैशाख दोस्रो साता पुनमिलन समारोह गर्ने भएको छ । हीरक महोत्सव पनमिलन समारोह आयोजक उपसमितिको शुक्रबार बसेको बैठकले आउदो ८ बैशाख ०८१ मा पनमिलन समारोह गर्ने निणर्य गरेको हो
यस अघि ७ पुसमा बसेको पुर्व विद्यार्थी, पुर्व शिक्षक/कर्मचारी, पुर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एंव सरोकारवालाहरुको भेलाले पुनमिलन समारोह उपसमिति गठन गरेको थियो । उपसमितिको शुक्रबार बसेको पहिलो बैठकले पुनमिलन समारोहको मिति तय गरेको हो । यसै गरि बैठकले पुनमिलन समारोह उपसमितिको सह संयोजकमा माया सिग्देल पराजुलीलाई चयन गरेको थियो भने पुनमिलन समारोह सम्पन्न गर्न विभिन्न उपसमितिहरु समेत गठन गरेको थियो ।
पुनमिलन समारोहमा विद्यालयमा अध्य्यन गरेका पुर्व विद्यार्थी, पुर्व शिक्षक/कर्मचारी, पुर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एंव सदस्यहरु बिच परिचय सगै अनुभव आदान प्रदानको काम सगै विभिन्न मनोरञ्जनात्कम र सास्कृतिक कार्यक्रमहरु गरिने उपसमिति संयोजक वसन्तराज अधिकारीले जानकारी दिए ।
२० मंसिर ०८० मा आफनो स्थापनाको ७४ औ वर्ष पुरा गरि ७५ औ वर्षमा प्रवेश गरेको विद्यालयले हीरक जयन्ती २० मंसिर ०८० देखि २० मंसिर ०८१ सम्म एक वर्ष विविध कार्यक्रम गरि मनाई रहेको छ । यस अघि गत २० मंसिरमा प्रभातफेरी सगै हीरक महोत्वको शुभारम्भ गरिएको थियो । हीरक महोत्वका अन्र्तगत पुनमिलन समारोह गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणाले जानकारी दिए । पुनमिलन समारोहमा विद्यालयमा अध्य्यन गरेका पुर्व विद्यार्थी, पुर्व शिक्षक/कर्मचारी, पुर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सगै सरोकारवालाहरुको धेरै भन्दा धेरै सहभागिता गराउने गरि आफुहरुले काम गरिरहेको पुनमिलन समारोह उपसमितिका सदस्य सचिव समेत रहेका विद्यालयका प्रधानाध्यापक ईश्वरी सापकोटाले जानकारी दिए ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected