
पोखरा भ्यूज
२१ पौष, पोखरा । सामुदायिक मेलमिलापकर्ता समाज नेपाल कास्कीको १२ औं वार्षिक साधारण सभा तथा पाचौं अधिवेशनले पुनः अधिवक्ता हरिप्रसाद पण्डितको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति निर्विरोध निर्वाचित गरेको छ ।
समतिको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः हर्कबहादुर रेग्मी, रामप्रसाद आचार्य, सितादेवी सुवेदी र सुनिता भण्डारी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा दानबहादुर थापा, गणेशबहादुर ढकाल, प्रतिमा चालिसे, बलबहादुर बानिया, राजेन्द्र सेन ठकुरी, कर्णबहादुर थापा, सरस्वती गौतम र युबराज बराल चयन भएका छन् ।

यसअधि सामुदायिक मेलमिलापकर्ता समाज नेपालका केन्द्रीय कोषाध्यक्ष यज्ञ प्रसाद अधिकारीको कार्यक्रमको उद्घाटन गर्दै स्थानीय समुदायस्तरका सामान्य विवाद समाधानमा मिलेमिलापकर्ताले महत्वपूर्ण भूमिका खेल्दै आएका बताए ।
पोखरा महानगरपालिका न्यायिक समितिका पूर्वसदस्य पार्वती कार्कीले मेलमिलामका माध्यमबाट विवाद समाधान गर्दा न्यायिक निकायको बोध कम हुने धारणा राख्दै मिलमिलापकर्ताको क्षमता अभिवृद्धिमा सम्बन्धित निकायको ध्यान जान जरुरी रहेकोमा जोड दिएकी थिइन् ।











