२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
अर्थ र वाणिज्य

तारकेश्वरमा धार्मिक पर्यटकको आगमनले आर्थिक गतिविधि बढ्ने छ : अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले तारकेश्वर क्षेत्रमा धार्मिक पर्यटकको आगमनले आर्थिक गतिविधि बढ्ने बताएका छन् । बिहीबार तारकेश्वर नगरपालिकास्थित पौराणिक तारकेश्वर महादेव मन्दिर शिव महापुराण विराट ज्ञान महायज्ञको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले भने, ‘बाटोघाटोले पूर्णता पाउने वित्तिकै रमणीय डाँडामा अवस्थित धार्मिक पर्यटन मात्र नभएर अन्य पर्यटन व्यवसाय विस्तार हुन्छ । यसले यस क्षेत्रमा रोजगारी सिर्जना गर्छ । बाटो घाटो सुरक्षित र ठूलो बनेपछि धेरै ठूलो संख्यामा तार्केश्वर महादेवको दर्शन गर्न आउने छन् । यसले यहाँको आर्थिक गतिविधि बढाउँछ ।’

‘हाम्रो सनातन धर्म संस्कृति समृद्ध छ । यसलाई हामीले हजारौं वर्षदेखि अभ्यास गर्दै आएका छौं । यसमा विज्ञान छ, एउटा समय थियो, जुन बेला आर्थिक पछौटेपनबाट हामी गुज्रिऔं, यो पछौटेपनको मूल कारक धर्म संस्कृति हो भनेर ब्याख्या गर्न थाल्यौं’ मन्त्री डा. महतले भने, ‘अरु देशमा आर्थिक विकास भयो, उनीहरुको धर्म संस्कृति र सभ्यता उच्च कोटीको रहेछ, हाम्रो चाहिँ खराब रहेछ भन्ने मान्यता विकसित हुन थाल्यो । जसले गर्दा आफ्नो धर्म संस्कृतिप्रति लघुताभाष राख्ने र त्यसलाई हेयभाव ले हेर्ने चरणबाट हामी गुज्रिऔं ।’

पश्चिमा देशमा अहिले आर्थिक समृद्धि त छ, तर आध्यत्मा कमजोर भइरहेको उनले बताए । मन्त्री डा. महतले भने, ‘ठूला उद्योग व्यवसायी, लेखक र चिन्तकहरु पूर्वीय सभ्यता खोज्छन् । यहाँ आएर कसरी शान्ति प्राप्त गर्ने भनेर लागेका छन् । ध्यान, योगा, धर्म संस्कृतिको अध्ययन मात्र होइन, त्यसलाई अपनाउन थालेका छन् ।’

उनले भने, ‘पश्चिमा देशमा आर्थिक समृद्धि त भयो, तर मनमा शान्ति छैन । सबै चिज छ, तर सुख छैन । हाम्रो राम्रो घर छैन, राम्रो बाटो छैन भनेर हामी पश्चिमी देशको पछाडि हामी दौडिन थाल्यौं । हाम्रा युवाहरु त्यत्ति दौडिरहेका छन् ।’

‘उनीहरु शान्तिको खोजीमा यता आइरहेका छन्, हामी चाहिँ अभावमा पनि खुशी हुन्थ्यौं, मिलेर बस्थ्यौं, परिवारमा रहन्थ्यौं । एकअर्कालाई सहयोग गथ्र्यौ । अब चाहिँ सुख सुविधा चाहियो भनेर पश्चिमा देशतिर दौडियौं । आफ्नो राम्रो कुरा छोड्न थाल्यौं’ मन्त्री डा. महतले भने, ‘हामीले आफ्नो भएको राम्रो र बलियो पक्षलाई छोड्नु भएन । आर्थिक समृद्धि पनि खोज्ने, यसले हामीलाई बाहिरी आवश्यकता पूर्ति गर्छ ।’

Read more

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्न

पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र…

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

चाडबाडमा अनुगमन गर्दा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह, उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि सचेत पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको समयमा बजार अनुगमनका…

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…

वालिङबाट बालुवाटारसम्म गरिमाको आर्थिक यात्रा, बालुवाटारमा नयाँ केन्द्रीय कार्यालय

काठमाडौं । वालिङबाट सुरु भएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रालाई थप विस्तार गर्दै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकको नयाँ केन्द्रीय…

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मर्जर सम्पन्न, शुक्रबारदेखि एकीकृत कारोबार सुरु

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। दुवै संस्था अब ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत रूपमा सञ्चालनमा…