२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खेलकुद

आहा!रारा पोखरा गोल्ड कप : पुलिस क्लब क्वाटरफाईनल प्रवेश

पोखरा भ्यूज

पोखरा । नेपाल प्रहरीको पुलिस क्लबले जारी २३ औं सस्करणको आहा!रारा पोखरा गोल्ड कपमा क्वाटरफाइनलमा स्थानमा आफ्नो स्थान सुरक्षित गरेको छ । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लब नेपाल पुलिस क्लब संग २–० ले पराजित हुँदै बाहिरिए पछि पुलिसले क्वाटर फाइनलमा स्थान सुरक्षित गरेको हो ।

पुलिस क्लबका लागि दुबै गोल मान बहादुर परियारले गरेका हुन् । उनले पहिलो गोल १९ औं मिनेटमा गरे । डि बक्स भन्दा केही परबाट प्रताप गुरुङको प्रहारलाई हेडमार्फत गोलको बाटो देखाए ।

त्यस्तै दोश्रो गोल खेलको ७१ औं मिनेट हेडमार्फत नै गरे । गोलपोष्टमा लागेर रिबाउण्ड भएको बललाई उनले गोल गरेका थिए ।

२० औं संस्करणको उपाधि बिजेता समेत रहेको एपिएफले पटक–पटक गरेका गोलका प्रयासहरुलाई पुलिसका किपर शत्रुधन चौधरीले विफल बनाएका थिए । खेलको ३३ औं मिनेटमा प्रदीप लामाको प्रहार क्रसबारमा लागेर फर्किदा एपिएफ गोल बराबरी गर्नबाट चुक्यो । कर्नर किकमा पाएको अर्को एक अवसरलाई प्रदिपले हेडमार्फत गोल गर्न प्रयासलाई किपर शत्रुधनले क्लियर गर्दै जोगाए ।

जितसंगै नेपाल पुसिलसे माघ १६ गते हुने क्वाटर फाइनलमा चर्च ब्वाइजको सामना गर्नेछ ।

शनिबार पहिलो सेमीफाइनल खेल हुने क्लबका महासचिब रामजी प्रसाद अधिकारीले जनाएका छन् । विदेशी पाहुना टोली भुटानको पारो एफसी नेपाली ए डिभिजनको क्लब थ्रिस्टार संग भिड्ने छ ।

पारो एफसी पहिलो पटक आहा रारा पोखरा गोल्डकपमा सहभागि हुन आएको हो । पारो एफसी पहिलो पटक पोखराको मैदानमा अवतरण गर्दा प्रिक्वाटरमा आयोजक सहारालाई २–१ ले पराजित गरेको थ्रीस्टारको भिडन्त दर्शनिय हुने अपेक्षा आयोजकले गरेको छ । तस्विर : पोखरासिटी

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…