२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
शिक्षा

लक्ष्मी प्राविको ३४औं वार्षिकोत्सवमा शान्ता थापालाई अभिनन्दन

पोखरा भ्यूज

पोखरा । श्री लक्ष्मी प्राथमिक विद्यालयले सामाजिक व्यक्तित्व शान्ता देवी थापा भण्डारीलाई अभिनंदन गरेको छ । लमजुंग जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं. ७ लक्ष्मीबजारस्थित उक्त बिधालयको ३४ औं वार्षिकोत्सव समारोहमा थापालाई अभिनन्दन गरिएको हो ।                      

बिधालय व्यवस्थापन समितिका अध्यक्ष धनप्रसाद गुरुङ, मध्यनेपाल नगरपालिकाका शिक्षा तथा खेलकुदशाखा प्रमुख यज्ञप्रसाद लामिछाने र  बिधालयका प्रधानाध्यापक सरिता पोखेलद्वारा उनिलाई अभिनन्दन गरिएको छ । अभिनन्दन-पत्रमा लेखिएको छ :

“समादरणीय शान्ता देवी थापा भण्डारी, पोखरा महानगरपालिका–१०, कास्की, यस विद्यालयको शैक्षिकउन्नयनको निमित्त लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका एफडबल्यूसी डिष्ट्रिक्ट को–अर्डिनेटरएवम् वरिष्ट समाजसेवी तपाईले पु–याउनु भएको उत्कृष्ट शैक्षिक योगदानको लागि विद्यालय चिर–ऋणी रहनेछ । यस कार्यले शुभेच्छुकहरुलाई पनि नव प्रेरणा मिलेको अनुभूति गरिएको छ। अविस्मरणीय यस सहयोगकार्यको उच्च मूल्याङ्कन गर्दै विद्यालयको ३४ औं वार्षिकोत्सवको अवसरमा स–सम्मान अभिनन्दन गर्दछौ ।यसरी नै शैक्षिक क्षेत्रमा सहयोग सुझावको अपेक्षा राख्दै यहाँको सु–स्वास्थ्य दीर्घायु एवम् उज्ज्वल भविष्यकोकामना गर्दछौ ।”

थापाद्वारा उक्त बिधालयलाई गएको दुई तीन बर्षमा छ लाख भन्दा बढी सहयोग प्रदान भएको बिधालय प्रशासनले जानकारी गराएको छ । भण्डारीले तीन थान ल्यापटप, फोटोकपी मेसिन, १००/१०० थान झोला, स्विटर, स्टेशनरी सामग्री सहित गएको बर्ष बिधार्थीका लागि दिउँसोको खाजाको लागि मासिक १० हजार रूपैया उपलब्ध गराएकी थिईन् ।

Read more

सेफ किड्स प्रि-स्कुलमा “गुड पेरेंटिङ कार्यक्रम २०८३” सम्पन्न

बालबालिकाको उज्ज्वल भविष्यका लागि अभिभावक–विद्यालय सहकार्यमा जोड पोखरा, वैशाख २७ । सेफ किड्स प्रि-स्कुल द्वारा आयोजित “गुड पेरेंटिङ कार्यक्रम २०८३” आइतबार विद्यालय परिसरमा उत्साहपूर्वक सम्पन्न भएको छ। कार्यक्रममा…

मदरल्याण्डका विद्यार्थी राष्ट्रिय गणित क्विजमा च्याम्पियन

पोखरा । पोखरास्थित मदरल्याण्ड माध्यमिक विद्यालयका विद्यार्थीहरूले राष्ट्रियस्तरको माध्यमिक विद्यालयस्तरीय गणितीय हाजिरीजवाफ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन्। गणित शिक्षा परिषद्ले पहिलो संस्करणका रूपमा आयोजना…

छोरेपाटन मा.विमा होटल व्यवस्थापन (एचएम्) पढाइ सुरु हुने

पोखरा, ७ वैशाख — पोखरा महानगरपालिका–१७ स्थित छोरेपाटन माध्यमिक विद्यालयले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा होटल व्यवस्थापन (एचएम्) विषयको पढाइ सुरु गर्ने भएको छ। विद्यालयले…

फागुन ४ देखि १८ गतेसम्म चुनावी प्रचार प्रसार : आचारसंहिता कडाइका साथ पालना गर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८ गतेसम्म प्रचार–प्रसारको समय निर्धारण गर्दै सरोकारवालालाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ। २०८२…

मेयर धनराज आचार्यद्वारा विन्ध्यवासिनी माविमा १ लाख ११ हजारको शैक्षिक अक्षयकोष स्थापना

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा–१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा शैक्षिक अक्षयकोष स्थापना गरेका छन्। विद्यालयको ७९औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा मेयर आचार्यले १ लाख…

पोखरा वर्ल्ड स्कूलको २३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

पोखरा । पोखरा वर्ल्ड स्कूलको २३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । पोखरा महानगरपालिका–५, प्रस्याङस्थित ताजमहल इभेन्ट सेन्टरमा…