२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

समाजसेवी भण्डारीद्वारा अक्षयकोष हस्तान्तरण

पोखरा भ्यूज

गुल्मी । गुल्मी जिल्ला छत्रकोट गाउँपालिका–१, हुँगा तोल्घा घर भई हाल काठमाडौ बुद्वनगर निवासी बिष्णु प्रसाद भण्डारीले स्व. माता पिताको नाममा अक्षय कोष स्थापना गरेका छन् । भण्डारीले स्व. माता/पिता लक्ष्मी देवी भण्डारी र देउनारायण भण्डारीको स्मृतिमा छत्रकोट गाउँपालिका–१, हुँगा तोल्घास्थित श्री जन जागृती मा बि  मा १ लाख ११ हजार १ सय ११ को अक्षयकोष स्थापना गरेका हुन् ।

बिधालय ब्यवस्थापन समितिका अध्यक्ष एवं छत्रकोट गाउँपालिका–१ का वडाध्यक्ष घनश्याम न्यौपानेको अध्यक्षता, लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्र कुमार केसीको प्रमुख आतिथ्यतामा आईतवार बिधालय प्रांगणमा आयोजित एक कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष लक्ष्मण भण्डारी, बिधालयका प्रधानाध्यापक कमला पाण्डे भण्डारी लगाएतलाई उक्त रक़म हस्तान्तरण गरिएको थियो । 

बुद्धनगर पार्टी प्यालेसका संचालक, सिटीजन कलेज काठमांडौंका अध्यक्ष, लायन्स क्लब अफ काठमांडौं लर्डबुद्वका संस्थापक अध्यक्ष लगाएत विभिन्न सामाजिक संघ संस्थामा नेतृत्वदायी भूमिकामा रहेका भण्डारीले केही बर्ष पहिले सम्पन्न बिधालयको स्वर्ण महोत्सव समारोहमा घोषणा गरेको रक़म हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर केसीले लायन्सले समाज परिवर्तनका लागि समुदायमा खेलेको भूमिकाका बारेमा आफ्ना भनाई राख्दै बिधालयमा अध्ययनरत बिधार्थीहरूलाई नैतिक शिक्षा सम्बन्धि एक घण्टाको मोटिभेशनल कक्षा समेत संचालन गरेका थिए । मोटिभेशनल कक्षा पश्चात बिधार्थीहरूले प्रतिक्रिया दिदै यस प्रकारको शिक्षा आवश्यक रहेको जनाएका थिए । सो अवसरमा बिधार्थीका लागि न्यानो कपडा तथा स्टेशनरी सामग्री प्रदान गरिएको थियो ।

भण्डारीले  केहि समय अगाडी छत्रकोट गाउँपालिका स्तरीय रनिङ शिल प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको लागी २५ सेट जर्सी उपलब्ध गराएका थिए ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…