२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

वाराही टाउनको रक्तदानमा २७ यूनिट रगत संकलन

पोखरा, २५ असार । लायन्स क्लब अफ पोखरा वाराही टाउनको आयोजनामा २७ युनिट रगत संकलन भएको छ ।

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका चिफ डिष्ट्रिक्ट एडभाईजर शैलेन्द्र मोहन भट्टराईले पहिलो रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ गरेका हुन् । कार्यक्रममा उनले रक्तदान जीवनदान भएको बताउँदै रक्तदानको महत्वबारे प्रकाश पारेका थिए ।

क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान, बृक्षारोपण, स्वास्थ्य, शिक्षा लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको क्लबका अध्यक्ष चन्द्रा नगरकोटीले बताईन् ।

क्लब अध्यक्ष नगरकोटीको सभापतित्व एवम् क्लबका सचिव रीता रानाको सञ्चालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक एवं क्लबका पूर्व अध्यक्ष गंगा शर्मा, डिष्ट्रिक्टका ब्लड डोनेशन संयोजक डिष्ट्रिक्ट एक्जुकेटिभ युवराज खनाल, डिष्ट्रिक्ट एम्बासडर कृष्णा श्रेष्ठ(रोजी) लगायतले बोलेका थिए।

कार्यक्रममा डिष्ट्रिक्ट को-चिफ एडभाईजर शान्ता देवी थापा भण्डारी, एनएलएफ डिष्ट्रिक्ट को–अर्डिनेटर प्रेम दाहाल, क्लस्टर चिफ बिष्णु श्रेष्ठ, ग्लोवल कजेज चेयरपर्सन आरती अधिकारी, रिजन चेयरपर्सन सूर्य चपाई, जोन चेयरपर्सन युवराज खनाल, नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र प्राविधिक टोली सदस्य लगायतको उपस्थिति थियो ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…