२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

नेपालको लायन्स इतिहासमा पहिलो पटक डिष्ट्रिक्ट ३२५ आई नेपाललाई ‘जेसी रोबिन्सन अवार्ड’ प्राप्त

पोखरा । नेपालमा लायनवाद भित्रिएको ५३ बर्ष पछि पहिलो पटक डिष्ट्रिक्ट ३२५ आई नेपालले जेसी रोबिन्सन मेम्बरशीप ग्रोथ अवार्ड प्राप्त गरेको छ । लायन बर्ष २०२३/२४ मा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालले डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीको नेतृत्वमा लायन्स अन्तर्राष्ट्रियमा पुर्र्याएको योगदान स्वरूप लायन्स अन्तर्राष्ट्रियले उक्त अवार्डबाट डिष्ट्रिक्टलाई सम्मान गरेको हो ।

लायन्स अन्तर्राष्ट्रियले स्थापना गरेको अवार्ड विश्वका विरलै लायन्स डिष्ट्रिक्टले पाउँने अवार्ड हो ‘जेसी रोबिन्सन मेम्बरशीप ग्रोथ अवार्ड’ !

लायन्स अन्तर्राष्ट्रियका तेस्रो अध्यक्ष जेसी रोबिन्सनले सन् १९१९ मा स्थापना गरेको सदस्यता वृद्धि कप विजेताको रूपमा सदस्यता वृद्धि अन्तर्गत नयाँ लायन्स सदस्य थप्नका लागि योगदान गर्ने, चालु लाईनिस्टिक बर्षमा निरन्तर क्रियाशील भई शतप्रतिशत उपस्थिति भई रिपोर्टिंग गरी योगदान गर्ने डिष्ट्रिक्टलाई उक्त अवार्डबाट सम्मानित गर्ने गरिन्छ ।

उक्त पुरस्कारमा डिष्ट्रिक्टको उच्च तहमा रहेका डिष्ट्रिक्ट गभर्नर, निवर्तमान वा पूर्व डिष्ट्रिक्ट गभर्नर, प्रथम वा दोस्रो भाईस डिष्ट्रिक्ट गभर्नरको नाममा जेसी रोबिन्सन कपमा उक्त अवार्ड कुँदिएको हुन्छ ।

अवार्ड प्राप्त पछि संक्षिप्त प्रतिक्रिया दिदैं डिष्ट्रिक्ट ३२५ आई नेपालका निवर्तमान डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले भने, ’लायनवादमा लागेरसेवा गर्नु नै आफ़ैमा पुरस्कार प्राप्त गर्नु हो । लायन सदस्य हुन पाउनु र नयाँ सदस्य लायन्समा स्वागत दुवैपुरस्कार प्राप्त गर्नु हो  । यसका साथै मानवीय कार्यमा गरिएको सहयोग, निरन्तरता, कार्यकुशलता तथाकार्यक्षमताका आधारमा प्रोत्साहित गर्नु नै पुरस्कार हो ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…