२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
साहित्य

मदनचन्द्रा साहित्य समाजसेवा पुरस्कार माकाजूलाई

पोखरा । शुक्ला साहित्य प्रतिष्ठान पोखरा-१६, बाटुलेचौरद्वारा सञ्चालित मदन-चन्द्रा साहित्य समाजसेवा पुरस्कार साहित्यकार तथा समाजसेवी रविन्द्र माकाजूलाई अर्पण गरिने भएको छ ।

माकाजूका विविध विधाका छ दर्जन बढी कृति प्रकाशित छन् ।
२५ हजार राशिसहितको उक्त पुरस्कारबाट यस अगाडि गायिका बाबा राणा सम्मानित भइसकेकी छन् ।

प्रतिष्ठानले नेपाली साहित्य, सामाजिक तथा सांस्कृतिक संस्कार र सभ्यताको संरक्षणमा क्रियाशील रहेर पनि ओझेलमा परेका स्रष्टा साधकलाई पुरस्कार अर्पण गर्दै आएको छ ।

समाजसेवी मदनबहादुर खत्री क्षत्रीले धर्मपत्नी चन्दा खत्री क्षत्रीको स्मृतिमा स्थापित एकलाख ५५ हजार रुपैयाँको अक्षयकोषबाट आर्जित रकमबाट प्रतिभालाई पुरस्कृत गरिँदै आएको संस्थाका अध्यक्ष हरिबहादुर बरुवालले जानकारी दिए ।

अक्षयकोषका संरक्षक मदनबहादुर खत्री क्षत्रीले समयको कालक्रम अनुसार पुरस्कारको राशि सानो भए तापनि कोषको आकार वृद्धि हुँदै जाँदा राशि पनि वृद्धि हुने बताए ।

यसैगरी, संस्थाद्वारा सञ्चालित शुक्ला बालगौरव पुरस्कार पोखरा-२७, रिठ्ठेपानीकी एञ्जल अधिकारीलाई प्रदान गरिने संस्थाले जनाएको छ । उक्त पुरस्कारको राशि ११ हजार रुपैयाँ रहेको छ ।                                    

त्रिवेणी पब्लिक माध्यमिक विद्यालय लेखनाथ, कक्षा-९ मा अध्ययनरत छात्रा खेलकुदतर्फ एथलेटिक्स विधामा क्रियाशील छन् । अधिकारी यस अघि विभिन्न पुरस्कार हात पार्न सफल भएकी छन् ।

प्रतिष्ठानले २०६८ सालदेखि एकलाख रुपैयाँको शुल्ला साहित्य बाल गौरव सम्मान कोष स्थापना गरी बालविकास, बालसाहित्य, बालोत्थान तथा तीक्ष्ण प्रतिभाशाली बालबालिकाको प्रोत्साहनमा प्रत्येक दुई-दुई वर्षमा पुरस्कार अर्पण गर्दै आएको छ ।

प्रतिष्ठानले २११ औं भानु जयन्तीको अवसरमा बृहत् कार्यक्रम आयोजना गरी यही असार २९ गते दुवै प्रतिभालाई पुरस्कृत गर्ने भएको छ ।

सोही समारोहबीच साहित्यकार डा गेहेन्द्रमान उदासको तीन पूणर्ाङ्कीय बालनाटक र रविन्द्र माकाजूको पोखरामा बाघजात्रा पुस्तक लोकार्पणसमेत गर्ने प्रतिष्ठानका सचिव दीपेन्द्र बानियाँले जानकारी दिए ।

Read more

कविता र गीतमार्फत श्रमिक एकताको सशक्त सन्देश

 शान्ता बास्तोला  दमौली, तनहुँ। ट्रेड युनियन कांग्रेस गण्डकीको दोस्रो प्रदेश परिषद् बैठकमा पार्षद शान्ता बास्तोलाले कविता र गीतमार्फत व्यक्त गरेको शुभकामना मन्तव्यले कार्यक्रमलाई विशिष्ट साहित्यिक उचाइमा पुर्‍याएको छ।…

लेखनाथ महोत्सवमा कवि शिरोमणिको स्मरण, डा. बोधराज ढकाल सम्मानित

लेखनाथ । कवि शिरोमणि लेखनाथ पौड्यालको साहित्यिक योगदानको स्मरण गर्दै लेखनाथ महोत्सव अन्तर्गत शनिबार अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ। नेपाल संस्कृत विश्वविद्यालयबाट ‘लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन’…

‘उत्कृष्ट गन्तव्य कालिन्चोक’ पुस्तक लोकार्पण

काठमाडौं । ‘उत्कृष्ट गन्तव्य कालिन्चोक’ नामक पुस्तक बुधबार राजधानीमा लोकार्पण गरिएको छ। कामना न्यूज पब्लिकेसन्सका प्रबन्ध निर्देशक दिरेकलाल श्रेष्ठ र नेपाल समाचारपत्रका सम्पादक सागर पण्डितले संयुक्त रूपमा पुस्तक…

बिपीको समाजवाद

युवराज खनाल, शुक्ला-१, तनहुँ । सानैदेखि परिर्वतन चाहने व्यक्ति थिए । उनले त्यतिबेला अघि सारेका समाजवादको मुल सिद्धान्त खासमा मनगढन्ते सिद्धान्त थिएनन् भन्नेहरु पनि छन् । ती सिद्धान्तहरु…

भानुभक्तीय रामायण वाचन प्रतियोगितामा सुजाता पौडेल प्रथम

पोखरा । आदिकवि भानुुभक्त आचार्यको २१२ औं जन्मजयन्तीका अवसरमा आदिकवि भानुुभक्त आचार्य जन्मस्थल विकास समिति, भानुु नगरपालिका वडा नं ४ तनहुँले विभिन्न प्रतियोगिता सम्पन्न गरेको छ । कार्यक्रमका…

बैंकर डा. बुद्धि मल्लको दोश्रो पुस्तक ‘सपना सकार’ आउँदै

काठमांडौ । बैंकर डा. बुद्धि मल्लको दोश्रो पुस्तक सपना सकार हुन्छन् (संघर्ष र सफलताको कथा) चांडै बजारमा आउने भएको छ । लेखकले पहिलो पुस्तक सफलता सम्भव छ पछि…