२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

मानिस सेवाकै लागि जन्मिन्छन्-लम्साल

पोखरा । लायन्स अन्तर्राष्ट्रियका एरिया लिडर राजन लम्सालले मानिस सेवा कै लागि जन्मिने बताएका छन् । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल क्लस्टर ३, रिजन ६, जोन १२ अन्तर्गतका क्लब लायन्स क्लब अफ पोखरा पिस सिटी, पोखरा बाराही टाउन र पोखरा राईजिङ सनको संयुक्त पदस्थापन समारोहमा आयोजित एक कार्यक्रममा लम्सालले उक्त कुरा बताएका हुन् ।

जोन १२ अन्तर्गतका क्लबको पदस्थापन साथै लायन्स क्लब अफ पोखरा पिस सिटी र पोखरा बाराही टाउनको स्पोन्सरमा उद्घाटन भएका दुई क्लब लायन्स क्लब अफ पोखरा गगन र टुरिजम क्यापिटलको ब्यानर उद्घाटन पश्चात बोल्दै लम्सालले समय र आवश्यकता अनुसार मानवले मानव सेवाका लागि सेवात्मक कार्यहरू गरि नै रहेका हुन्छन्, निस्वार्थ सामाजिक भावले समाजमा सेवा गर्ने लक्ष्य र उद्देश्य लायन्सले गरिरहेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका लम्सालले भर्खर मात्र उद्घाटन भएका क्लब पोखरा गगनका अध्यक्ष खेमराज अधिकारी र टुरिजम क्यापिटलका अध्यक्ष कृष्ण प्रसाद आचार्यप्रति इंगित गर्दै भने, ‘हामी कुनै न कुनै रुपमा सामाजिक कार्यमा जोड़िईरहेका हुन्छौ । हामीले आफ्नो नेतृत्व क्षमताको बिकाश गरी समाजमा गरेका सेवाका कार्यहरुलाइ संस्थागत गरी अन्तराष्ट्रियकरण गर्न सकेका हुदैनौं तर, लायन्सले मद्दत गर्ने कुरामा जोड दिएका थिए ।

उनले एक आपसमा मानवीय सम्बन्धको स्थापना गर्दै सामाजिक सेवाबाट सन्तुष्टि प्राप्त गर्न विश्वकै सबै भन्दा ठुलो सामाजिक संस्था लायन्समा आबद्ध हुनु भएकोमा अधिकारी र आचार्यलाई बधाई दिदै असहाय तथा दीन दुःखीलाई आफुले सकेको सहयोग गर्न सबै लायन्सहरुप्रति सम्मान अनि सम्पुर्ण समाजसेवीहरुलाई यसका सदस्य बनी सेवाका हात बढ़ाउन प्रेरित गर्न आब्हान पनि गरेका थिए ।

निस्वार्थ सामाजिक भावले समाजमा सेवा गर्ने लक्ष्य र उदेश्यले विभिन्न क्षेत्रहरुमा लायन्स क्लबहरुले काम गरिरहेको बताउदै लम्सालले अन्तराष्ट्रिय अध्यक्ष फब्रिसिओ वलिभेराको नारा मेक योर मार्क र डिष्ट्रिक्टगभर्नर बिनोद ढुङगानाको राखेको नारा ह्युमानिटी फस्ट कार्य क्षेत्रलाइ मुलत जोड दिदै हरेक क्लबका अध्यक्षहरुले आफ्ना अग्रज तथा क्लबका सदस्यहरुसंग सल्लाह र सहयोगमा कार्यक्रमको योजना बनाउने र सो योजनाका लागि आवश्यक श्रोत, साधनको व्यवस्थापन गर्दै समाजिक कार्यहरु सम्पन्न गरी क्लबलाई गतिवान र सक्रिय बनाउन पदस्थापित पाँच वटा क्लबका अध्यक्षलाई आव्हान गरेका थिए ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…