२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

पोखरा-२० भलाममा बुधवार हुने वडास्तरीय तीजगीत प्रतियोगिताको तयारी पुरा

सूर्य बाँस्तोला
भलाम–मौजा (पोखरा) । पोखरा महानगरपालिका वडा नं. २० भलाम मौजाले आयोजना गर्न लागेको वडास्तरीय तीज गीत मेलाको तयारी पूरा भएको छ । बुधवार संचालन हुने तीज गीत प्रतियोगिताको तयारी पूरा भएको वडा नं २० का वडाध्यक्ष गंगा बहादुर क्षेत्रीले बताए  ।

गत वर्ष झै यस वर्ष पनि नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वको अवसर पारेर महिला दिदी बहिनीहरुलाई दरखाने कार्यक्रमका साथ उक्त प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष क्षेत्रीले बताए ।


वडा कार्यालय परिसरमा संचालन हुने उक्त तीजगीत प्रतियोगितामा प्रथम पुरस्कार १२ हजार, दोस्रो पुरस्कार १० हजार, तृतीय पुरस्कार ८ हजार र सान्त्वना पुरस्कार २ टीमलाई ३-३ हजार, उत्कृष्ट नृत्यको लागि ३ हजार, उत्कृष्ट भेषभूषा ३ हजार र उत्कृष्ट शब्द, विन्यास लयलाई ३ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिन भएको छ ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…