२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खेलकुद

आहा ! रारा पोखरा गोल्ड कपमा जयश्री फुड्सले सहप्रायोजन गर्ने

पोखरा भ्यूज

पोखरा । आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको २४औं संस्करणलाई जयश्री फुड्सले सहप्रायोजन गर्ने भएको छ । सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने प्रतियोगिता २२ माघदेखि ३ फागुनसम्म चल्नेछ ।

शनिबार क्लब भवनमा आयोजित कार्यक्रममा आयोजक क्लबका अध्यक्ष केशवराज बराल र जयश्री फुड्सका जनरल म्यानेजर अमित अग्रवालले सहप्रायोजन गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । जयश्री फुड्सले सहप्रायोजक बनेबापत प्रतियोगिता सञ्चालनको लागि क्लबलाई पाँच लाख नगद दिनेछ  ।

सम्झौतापत्रमा हस्ताक्षरपछि क्लबका अध्यक्ष बरालले यस्तै सहयोगदाताको सहयोगबाट नै प्रतियोगिता सञ्चालन गरिने र बचत रकम क्लबले सञ्चालन गरेको फुटबल एकेडेमीको लागि खर्च गर्ने जानकारी दिए ।

गैंडाकोट नगरपालिका -९ मा करिब १३ बर्ष अगाडी स्थापना भएको जय श्री फूड्स प्रालि अन्तर्गत संचालित राइस मिल, चिउरा मिल लगायतका उद्योगहरुबाट मङ्गलम, माइतीघर, भान्साघर नाममा विभिन्न गुणस्तरको चामल, चिउरा, आटा, सुजी, चक्की आटा लगायतका उपभोग्य सामानको उत्पादन हुँदै आएको छ।

फुड्सका जनरल म्यानेजर अमित अग्रवालले सहारा क्लबमार्फत पहिलोपटक खेलकुदसँग जोडिएको बताए ।

क्लबका अध्यक्ष बरालका अनुसार प्रतियोगिता सञ्चालनको लागि पोखरा महानगरपालिका संरक्षक, लुम्बिनी विकास बैंक अफिसियल बैंक, बुद्ध एयर अफिसियल एयरलायन्सको रुपमा रहेका छन् भने राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् गण्डकी, अखिल नेपाल फुटबल संघ, सहारा यु.के., सहारा क्लब हङकङ, सहारा क्लब अस्ट्रेलिया, जिल्ला खेलकुद विकास समिति कास्की लगायतले सहयोग गर्ने छन् ।

१२ टोलीले प्रतिस्पर्धा गर्ने
प्रतियोगितामा ए डिभिजन, विभागीय, मोफसल, आयोजकसँगै विदेशी गरी १२ टोलीले प्रतिस्पर्धा गर्ने सहभागी टिम सम्र्पक उपसमितिका संयोजक समेत रहेका क्लबका पूर्व अध्यक्ष विक्रम थकालीले जानकारी दिए । १२ टोलीमध्ये एक विदेशीसहित १० टोलको टुंगो लागेको संयोजक थकालीले जानकारी दिए । थकालीका अनुसार थ्री स्टार क्लब, मछिन्द्र फुटबल क्लब, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, एन आरटि फुटबल क्लब सगै विभागीय नेपाल प्रहरीको नेपाल पुलीस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र आयोजक सहारा क्लबसँगै पाहुना टोली यूकेको बिग्रेड ब्वाईज फुटबल क्लब सहभागी हुने निश्चित भइसकेको छ । भारतीय सेना, चीन र जापानको टिमहरसँग पनि कुरा भइरहेको थकालीले बताए ।

प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । यसैगरी सर्वोत्कृष्ट खेलाडीले स्कुटर पुरस्कार पाउँदा विधागत रुपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्टाइगर र प्रशिक्षकले २५ हजार नगदसँगै ट्रफी पुरस्कार पाउँदा फेएर प्लेको रुपमा एक टोलीलाई पुरस्कृत गरिनेछ ।

एकेडेमीमा चौथो ब्याचका ३० बालक
२३ वर्षदेखि पोखरामा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको क्लबले ०५८ सालदेखि फुटबल एकेडेमी समेत सञ्चालनका गरिरहेको छ । कठिन परिस्थिति र विपन्न बर्गका बालकहरू आश्रित पोखरा–१७ दोबिल्लास्थित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा हाल चौथो ब्याचका ३० जना बालकहरु रहेका छन् । उनीहरूको आवास, पालनपोषणसँगै शिक्षा दीक्षा फुटबल प्रशिक्षणको काम क्लबले गर्दै आएको छ । प्रत्येक वर्ष प्रतियोगिताको सञ्चालनपछि प्राप्त हुने आम्दानी क्लबले एकेडेमीको लागि खर्च गर्दै आएको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…