२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
शिक्षा

जानकी माविको बार्षिकोत्सव सम्पन्न

पोखरा,२५ माघ । पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यामिक विद्यालयको ४७ औं बार्षिकोत्सव विविध कार्यक्रम सहित सम्पन्न भएको छ । सो अवसरमा कक्षातग तथा अतिरिक्त कृयाकलापमा प्रथम, द्धितीय तथा तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।

गण्डकी प्रदेश सभा सदस्य भिम कार्कीले बार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने बताए । विद्यालयमा सरकारी लगानी अनुसारको शैक्षिक गुणस्तर कायम हुन नसकेको विषयमा चर्चा गर्दै उनले त्यसका लागि शिक्षक, अभिभावक र विद्यार्थी बिच त्रिकोणात्मक प्रयासको खाँचो औल्याए ।

पोखरा १७ का वडाअध्यक्ष राधिका शाही योगीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार हुँदै आएको संकेत देखिन थालेको बताउँदै थप प्रयासमा जुट्न विद्यालय परिवारलाई आग्रह गरेकी थिईन् । वडास्तरबाट विद्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता उनको थियो ।

विद्यालयको शैक्षिक एवम् आर्थिक विकासमा योगदान पुर्‍याउनु हुने विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको कार्यक्रममा विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महानगरका वरिष्ठ शिक्षा अधिकृत कृष्णप्रसाद भण्डारी, फलेपाटन माविका प्रधानाध्यापक गुरुदत्त कोइराला, नेकपा एमालेका विक्रम गुरुङ, नेपाली कांग्रेसका डिआर भट्टराई, रास्वपाका नुरबहादुर विक लगायतले शिक्षाको महत्व माथि चर्चा गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक अर्जुन कडेलले बार्षिक प्रगति र लेखा सहायक अमित बानियाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रममा सहायक प्रअ कमल आचार्यले स्वागत एवम् शिक्षक तुलसी गिरीको सञ्चालन रहेको थियो ।

Read more

सेफ किड्स प्रि-स्कुलमा “गुड पेरेंटिङ कार्यक्रम २०८३” सम्पन्न

बालबालिकाको उज्ज्वल भविष्यका लागि अभिभावक–विद्यालय सहकार्यमा जोड पोखरा, वैशाख २७ । सेफ किड्स प्रि-स्कुल द्वारा आयोजित “गुड पेरेंटिङ कार्यक्रम २०८३” आइतबार विद्यालय परिसरमा उत्साहपूर्वक सम्पन्न भएको छ। कार्यक्रममा…

मदरल्याण्डका विद्यार्थी राष्ट्रिय गणित क्विजमा च्याम्पियन

पोखरा । पोखरास्थित मदरल्याण्ड माध्यमिक विद्यालयका विद्यार्थीहरूले राष्ट्रियस्तरको माध्यमिक विद्यालयस्तरीय गणितीय हाजिरीजवाफ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन्। गणित शिक्षा परिषद्ले पहिलो संस्करणका रूपमा आयोजना…

छोरेपाटन मा.विमा होटल व्यवस्थापन (एचएम्) पढाइ सुरु हुने

पोखरा, ७ वैशाख — पोखरा महानगरपालिका–१७ स्थित छोरेपाटन माध्यमिक विद्यालयले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा होटल व्यवस्थापन (एचएम्) विषयको पढाइ सुरु गर्ने भएको छ। विद्यालयले…

फागुन ४ देखि १८ गतेसम्म चुनावी प्रचार प्रसार : आचारसंहिता कडाइका साथ पालना गर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८ गतेसम्म प्रचार–प्रसारको समय निर्धारण गर्दै सरोकारवालालाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ। २०८२…

मेयर धनराज आचार्यद्वारा विन्ध्यवासिनी माविमा १ लाख ११ हजारको शैक्षिक अक्षयकोष स्थापना

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा–१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा शैक्षिक अक्षयकोष स्थापना गरेका छन्। विद्यालयको ७९औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा मेयर आचार्यले १ लाख…

पोखरा वर्ल्ड स्कूलको २३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

पोखरा । पोखरा वर्ल्ड स्कूलको २३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । पोखरा महानगरपालिका–५, प्रस्याङस्थित ताजमहल इभेन्ट सेन्टरमा…