54Shares

पोखरा । पोखरा महानगरपालिका वडा नं.२५ हेमजामा ३५ वर्ष माथिको उमेर समूहका खेलाडीहरूको सहभागितामा अन्तर वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । गौरीशङ्कर खेल मैदानमा सुरु प्रतियोगिताको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका छन् ।

सो अवसरमा नगर प्रमुख आचार्यले आफूहरू महानगर क्षेत्रको समग्र खेलकुद विकास लागि प्रतिबद्ध रहेको बताए । खेल पूर्वाधारको विकास तथा निर्माण, खेलाडीहरूको क्षमता विकास तथा प्रोत्साहन, खेल चेतनाको विकास, विद्यालय तथा समुदाय स्तरमा खेलकुदको भावना जागरण लगायत कार्यहरूमा महानगरपालिकाले काम गरिरहेको उनले बताए ।

पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले खेलकुदको विकासका लागि वडा स्तरमा विभिन्न गतिविधिहरू भइरहेको बताए । महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले स्वस्थ नागरिक निर्माणका लागि खेलकुदलाई समेत प्राथमिकता दिनुपर्ने बताए । पोखरा फुटबलको सम्भावना बोकेको सहर भएकाले यसको महत्वलाई उजागर गर्न एन्फाका अधिकारीहरूले सुझाएका छन् ।

आयोजक हेमजा युनाइटेड क्लबका अध्यक्ष कृष्णमान श्रेष्ठका अनुसार प्रतियोगितामा १३ समूहको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम पुरस्कार रु.१ लाख ११ हजार १११ र द्धितिय पुरस्कार रु ५५ हजार ५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद रु.५ हजार प्रदान गरिनेछ ।

54Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected