
पोखरा । लेखनाथ उद्योग वाणिज्य संघको १५ औं अधिबेशनका लागि अध्यक्ष पदमा राजेन्द्र ओझा र जानुका पराजुली अधिकारीले उमेदवारी दर्ता गराएका छन्। संघको भदौ २० र २१ गते हुने २९ औं साधारण सभा एवम् १५ औं अधिबेशनका लागि ओझा र अधिकारीले आ-आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका हुन्।
नयाँ कार्यसमितिको अध्यक्ष, पदाधिकारी र सदस्य पदमा निर्बाचित हुनको लागि शुक्रबार १९ पदका लागि ३६ जनाको उम्मेदवारी परेको छ भने १ जना निर्विरोध निर्वाचित भएका छन्। अधिबेसनबाट निर्बाचित हुन दुई वटा प्यानलले सबै पदमा उमेद्वारी दर्ता गराएपनि संस्थागत सदस्यमा बिरभद्र कंडेल एक जनाको मात्र उमेदवारी परेकोले उनि निर्बिरोध बनेका छन। तर, यसको औपचारिक घोषणा हुन भने बाँकी छ ।
उपमहसचिब पदमा भने दुई जना प्यानलबाट र एकजना स्वतन्त्र गरि तिन जनाको उमेदवारी परेको छ ।संघको यसपटकको निर्बाचनमा २ हजार १८ मतदाता ब्यबसायीहरुले मतदान गर्न पाउने भएका छन। अघिल्लो पटकको भन्दा करिब ४ सय मतदाता यस पटक थप भएका छन।
यसपटक लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्ष पदमा पहिलो पटक महिलाले प्रतिष्पर्धा गर्दै छन संघमा एक दशक बिताएकी जानुका पराजुली अधिकारीले अध्यक्ष पदमा उमेदवारी दिएर प्यानल नै बनाएर चुनाबी अभियानमा सक्रिय भएपछि यसले आममहिला र सर्बसाधारणमा समेत चासो र चर्चा थपेको छ । संघको २९ वर्षिय इतिहासमा पहिलो पटक महिला उम्मेदवारले अध्यक्षको दावी सहित आफ्नो टिम घोषणा गरेको यो पहिलो पटकको हो ।
जानुकाको प्यानलबाट उमेदवारी दर्ता गराउनेहरु
जानुका पराजुली अधिकारी अध्यक्ष रहेको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा गोपिचन्द्र बास्तोला, प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्य, द्धितीय उपाध्यक्षमा ध्रुबबाबु भट्टराई (आईडि), महासचिवमा भरतराज ओझा, उप–महासचिवमा गंगा कुमारी मल्ल, कोषाध्यक्षमा हरि बस्ताकोटीले उमेदवारी दर्ता गराएका छन।
सदस्यमा खुल्ला सदस्यतर्फ प्रतिक्षा रानाभाट, प्रभा कुमारी पौडेल लामिछाने, बीरेन्द्रराज भुर्तेल, भविन्द्र पुन भविन, सुजन न्यौपाने, दिपक अधिकारी, कृष्ण प्रसाद तिमिल्सिना र सन्दिप बुढाथोकीले उमेदवारी दर्ता गराएका छन ।
जानुकाको प्यानलबाट एसोसिएट सदस्यमा दयाराज भण्डारी, संस्थागत सदस्यमा बिरभद्र कँडेल, महिला सदस्यमा सर्मिला श्रेष्ठ र गंगा सापकोटा परियारको उमेदवारी परेको छ । संस्थागत सदस्यमा कंडेल एकजनाको मात्र उमेदवारी परेको कारण उक्त पदमा भने चुनाब हुने छैन।

राजेन्द्रको प्यानलबाट उमेदवारी दर्ता गराउनेहरु
राजेन्द्र ओझा अध्यक्ष रहेको प्यानलबाट उमेदवारी दर्ता गराउनेहरु मध्ये वरिष्ठ उपाध्यक्षमा उपेन्द्रराज सुवेदी राजु, प्रथम उपाध्यक्षमा मेनुका श्रेष्ठ, द्वितीय उपाध्यक्षमा धीरज कुमार श्रेष्ठ, महासचिवमा जीवन तिवारी, उपमहासचिवमा लक्ष्मीप्रसाद ढुङ्गाना (एलपी), कोषाध्यक्षमा टिकाराम सापकोटा रहेका छन।
कार्यसमितिको खुल्ला सदस्यमा घनश्याम ढुङ्गाना, किशोर अधिकारी, कृष्णप्रसाद सुवेदी, नवराज पौडेल, सन्तोष हमाल, शिवराज अधिकारी, सुरेन्द्र गुरुङ, भीमप्रसाद सुवेदी (सन्तोष) को उमेदवारी परेको छ राजेन्द्रको प्यानलबाट कार्यसमितिको महिला सदस्यमा सपना सुवेदी र लक्ष्मी ठाकुर (सुनार) तथा ऐसोसिएट सदस्यमा प्रवेश बन्जराले उमेदवारी दर्ता गराएका छन ।न राजेन्द्र समुहले पनि संस्थागत सदस्यमा कंडेलको नाम नै सार्बजनिक गरेको थियो।

राजेन्द्र र जानुका दुबैको प्यानलमा नरहेका बुद्धिप्रसाद बाँस्तोलाले उपमहासचिबमा उमेदवारी दर्ता गराएका छन। दुईकार्यकाल संघको कार्यसमिति सदस्य रहेका बुद्धिप्रसाद बास्तोलाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएको बुझिएको छ ।
निर्बाचन गराउन गठित निर्बाचन समितिका आयुक्त बरिष्ठ अधिबक्ता खगेन्द्रराज आचार्यका अनुसार भदौ १५ गते सम्म उमेदवारहरुले आंफ्नो नाम फिर्ता लिन सक्ने र सोहि दिन उमेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। निर्बाचन उपसमितिमा हरी त्रिपाठी र राजेश भट्टराई सदस्यको रुपमा रहेका छन् ।
उमेदवारी दर्ता गराउनेहरुको नामावली र ब्यबसायिक फर्म














