२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

पोखरामा आठौँ इक्यान शैक्षिक मेला २० गतेदेखि, तयारी तीव्र

पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले पोखरामा आठौँ इक्यान शैक्षिक मेला आयोजना गरेको छ । यही भदौ २० र २१ गते (शुक्रबार र शनिबार) पोखरामा शैक्षिक मेला हुने इक्यान कास्कीले जनाएको छ ।

विद्यार्थीलाई विदेशमा अध्ययनसम्बन्धी प्रत्यक्ष जानकारी दिलाउन मेला आयोजना गरिएको बताइन्छ । मेलाको तयारी तीव्र बनाइएको छ ।

इक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैह्रेका अनुसार मेलामा विभिन्न मुलुकका विश्वविद्यालय, कलेज तथा शैक्षिक संस्थाका प्रतिनिधि, इक्यानका सदस्य परामर्श संस्थान, बैंक तथा विदेश अध्ययनसँग सम्बन्धित करिब ६० स्टल रहनेछन् । मेलामा सहभागी विद्यार्थी र अभिभावकले अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायतलगायतका मुलुकमा अध्ययन गर्ने अवसर, छात्रवृत्ति, शुल्क, बसोबास र भविष्यका सम्भावनाबारे प्रत्यक्ष जानकारी पाउने अध्यक्ष गैह्रेले जानकारी दिए ।

उनका अनुसार विद्यार्थीले आफ्नो रुचि अनुसार विषय छान्न, पढ्न चाहेको मुलुक र विश्वविद्यालय रोज्न मेलाले सहजता दिने अपेक्षा गरिएको छ । मेलामा विद्यार्थीलाई आवश्यक शैक्षिक परामर्श दिने, भविष्यको योजना बनाउने, विश्वविद्यालय भर्ना प्रक्रिया तथा योग्यतासम्बन्धी जानकारी उपलब्ध गराइनेछ ।

सहभागी विद्यार्थीलाई ल्यापटप, ट्याब, मोबाइल, चलचित्र टिकटलगायत आकर्षक उपहारसमेत प्रदान गरिने मेला संयोजक तथा इक्यानका उपाध्यक्ष सन्तोष शाहीले बताए । मेलामा प्रस्तुतकर्ताका रूपमा टाइम्स एजुकेशनल रहनेछ भने सहकार्य ब्रिटिस काउन्सिलले गर्नेछ ।

यस्तै, ग्रेस इन्टरनेशनल, चर्चिल इन्स्टिच्युट अफ हायर एजुकेशन, मोनारो हायर एजुकेशन, द लायन इन्स्टिच्युट, सिड्नी स्कूल अफ बिजनेस एण्ड टेक्नोलोजी (एसएसबिटी) लगायतका संस्थाले मेला सहकार्य गर्नेछ । मेलामा बैंकिङ पार्टनरका रूपमा एनएमबि बैंक रहने जनाएको छ ।

इक्यान कास्कीले पोखरामा हुने यस शैक्षिक मेलाले विद्यार्थीलाई आफ्नो अध्ययन लक्ष्य पूरा गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेको छ । मेलामा विभिन्न मुलुकका विश्वविद्यालय, कलेज तथा शैक्षिक संस्थाका प्रतिनिधि, ईक्यानका सदस्य परामर्श संस्थान, बैंक तथा विदेश अध्ययनसँग सम्बन्धित करिब ६० स्टल रहनेछन् ।

मेलामा सहभागी विद्यार्थी र अभिभावकले अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायतलगायतका मुलुकमा अध्ययन गर्ने अवसर, छात्रवृत्ति, शुल्क, बसोबास र भविष्यका सम्भावनाबारे प्रत्यक्ष जानकारी पाउने अध्यक्ष गैह्रेले जानकारी दिए ।

इक्यान कास्कीले पोखरामा हुने यस शैक्षिक मेलाले विद्यार्थीलाई आफ्नो अध्ययन लक्ष्य पूरा गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…