२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
अर्थ र वाणिज्यखबर

पोखरामा मंसिर १७–२२ औद्योगिक व्यापार मेला तथा क्यान इन्फोटेक

पोखरा । पोखरा उद्योग वाणिज्य संघले मंसिर १७ देखि २२ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र, नयाँबजारमा नेपाल मणिपाल अस्पताल–३४औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३औँ क्यान इन्फोटेक–२०८२ आयोजना गर्ने भएको छ।

संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार मेलाको नारा यस वर्ष पनि ‘लगानीको सम्वद्र्धन : उद्योग–व्यवसायको प्रवद्र्धन’ नै रहनेछ। नेपाल मणिपाल शिक्षण अस्पताल मुख्य साझेदारका रूपमा मेलामा सहभागी भएको छ।

रि–साइक्लिङ परियोजना निर्माणाधीन रहेकाले यसपटक १२० स्टल मात्रै रहनेछन्। पाँच दिनसम्म प्रवेश निःशुल्क हुनेछ। मेलामा औद्योगिक उत्पादन, कृषि, हस्तकला, अटोमोबाइल, पर्यटन तथा सूचना–प्रविधि क्षेत्रका उत्पादन तथा सेवाहरू प्रदर्शन गरिनेछ। गण्डकी क्षेत्रका सांस्कृतिक कार्यक्रमसमेत समावेश हुनेछन्।

क्यान कास्की सह–आयोजक रहेको इन्फोटेकमार्फत नवीनतम डिजिटल तथा सूचना–प्रविधि उपकरण, सेवा र साइबर सुरक्षा सम्बन्धी कार्यक्रम प्रस्तुत गरिने क्यान कास्की अध्यक्ष पुरुषोत्तम कुँवरले जानकारी दिए।

आयोजकले मेलाबाट करिब ५० लाख रुपैयाँ आम्दानी र ५ लाख रुपैयाँ बचत हुने अनुमान गरेको छ। प्राप्त रकम उद्यमशीलता प्रवर्द्धन कार्यक्रममा खर्च गरिने संघले जनाएको छ।

अध्यक्ष कार्कीले पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको सहरका रूपमा अघि सारिएको पुरानो अवधारणालाई मणिपाल अस्पतालले सहकार्यमार्फत बल पुर्‍याएको बताए। पाँच दिनको मेला मनोरञ्जनभन्दा बढी व्यवसायिक तथा उद्यमशीलता विकासका लागि थलो बन्ने उनले विश्वास व्यक्त गरे।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…